आरआर क्याम्पसमा राई विद्यार्थीद्वारा कविता तथा वक्तृत्वकला प्रतियोगिता, श्रीदीप र अशोक बने प्रथम


२५ माघ २०७५, शुक्रबार
krsu Rr campus 1

काठमाडौं, २४ माघ । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा आयोजनामा खुल्ला कविता तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बिहिबार किरात राई विद्यार्थी संघ आरआर क्याम्पस इकाई समितिको आयोजनमा कार्यक्रम गरिएको हो ।

प्रतियोगितामा कविता तर्फ श्रीदीप दाहाल प्रथम भए । कविता वाचनमा लोकप्रिय कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ श्रवण मुकारुङ निर्णायक रहेको प्रतियोगितमा ३२ जना प्रतियोगिलाई पछि पार्दे प्रथम भएका हुन् ।

यसैगरी द्धितिय मञ्जरी गिरी र तृतिय स्वस्थानी कार्की भए । भने सान्तावान्न हेमराज निरौला भएका भए ।

‘आधुनिक नेपाल निर्माणमा युवा वर्गको भुमिका’ शिर्षक रहेको वक्तृत्वकला प्रतियोगिता अशोक विश्वकर्मा प्रथम भए । उनले ४६ जना प्रतिष्पर्धीलाई पछि पारे ।

यसैगरी द्धितिय लादेन राई, तृतिय अम्बिका खड्का र सान्तावन्ना विवेक राज खतिवडाले स्थान ओगट्न सफल भए ।

पाँच मिनेट तोकिएको वक्तृत्वकलातर्फ किरात राई यायोख्खाको केन्द्रिय सदस्य देवन राईले निर्णयकको भुमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रिय कार्यबाहक अध्यक्ष दिवस राई, किरात विद्यार्थीसंघका केन्द्रीय सचिव रविन राई, संघका उपत्यका कार्यसमिती अध्यक्ष तथा केन्द्रीय सदस्य शुभ मानसुङ राई, केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष झिलकुमार राई र आरआर क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईको उपस्थिीति रहेको थियो ।

यसैगरी कार्यक्रममा लिम्बु विद्यार्थी मञ्चका पूर्व केन्द्रीय सचिव एसिका लिम्बु सम्बाहम्फे, नेविसंघ आरआर इकाई समितिका सचिव जेम्सिङ राई, आरआर स्वावियु सदस्य मदन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितका प्रथम, द्धितिय र तृतियलाई कार्यक्रमका विशेष अतिथि केन्द्रीय सचिव राईसहित अतिथीहरुद्वारा मायाको चिनो (ट्रफि), मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । भने सान्तावन्ना भएकालाई स्पेसल मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए ।


यस्तै कार्यक्रममा इकाई समितीले निर्णायक प्रशंसा पत्र र प्रमुख तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा संघ आरआरको इकाई समितिका अध्यक्ष सञ्जय राईले सम्पूर्ण विद्यार्थीलाई लक्षित गरी आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संघ आरआरको इकाई समितिका सदस्य अध्यक्ष सञ्जयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा पनम राईले स्वागत मन्तव्य गरेका थिए भने सचिव अनिस राईले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७