माथिल्लो भोटेकोशी आयोजनाको ४० प्रतिशत काम


२५ माघ २०७५, शुक्रबार
votekoshi

सिन्धुपाल्चोक, २५ माघ । प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम भएको छ ।

votekoshi

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको सो आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएपछि कम्पनीका साथै राष्ट्रले समेत घाटा व्यहोर्दै आएको छ ।

विसं २०७१ साउन १७ गतेको जुरे पहिराले प्रशारण लाइनको टावरमा क्षति पुर्‍याएकाले चार महिना उत्पादन वन्द भएको थियो । मर्मतपछि सञ्चालनमा आए लगत्तै विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुनःक्षति पुर्‍याएकामा मर्मत भइरहँदा पुनः विसं २०७३ असार २१ गते आएको भोटेकोशीको बाढीले तहसनहस पारेको थियो । गत वर्षदेखि सो आयोजनाको पुनर्निर्माण भइरहेको छ ।

चीनको सिनो हाइड्रो ब्यूरो ११ ले रु सात अर्बमा ठेक्का सम्झौता गरेको सो आयोजना आगामी २०१९ को अन्त्यसम्म सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले जानकारी दिए ।

बाह्रबिसे–तातोपानी सडक खण्डअन्तर्गत तातोपानीको १० किलोमा बाँधरे ३.५ किमी सुरुङद्वारा फुल्पीङकट्टी झिुर्पुमा निर्मित विद्युत गृहमा पानी खसालिएकामा भूकम्प र बाढीले सुरुङमार्ग र विद्युत गृहबाहेक बाँध स्थल, पनेस्टक पाइप, प्रशारण लाइनको केही टावर क्षेत्र तथा सम्पूर्ण उपकरणमा क्षति पुर्‍याएको आयोजनाले जनाएकोे छ ।

बाँधस्थल रहेको आसपासका बस्तीलाई असर पुगेको भन्ने स्थानीयको गुनासोका सम्बन्धमा उनीहरुसँग समन्वय गरेर काम गरिने र बाँधको काम सम्पन्न भएपछि जोखिममा पनि कमी आउने कार्यकारी निर्देशक स्थापितले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७