नेपालीको समृद्धि सपना नेकपा सरकारले नै शाकार पार्छ : टोपबहादुर रायमाझी


२५ माघ २०७५, शुक्रबार
top bahadur raymaji

अर्घाखाँची, २५ माघ । नेकपाका स्थायी समिति सदस्य तथा अर्घाखाँचीका प्रतिनिधि सभा सांसद टोपबहादुर रामाझीले नेकपा नेतृत्वको सरकारले नेपाली जनताको समृद्धिको सपनालाई साकार तुल्याएरै छाड्ने दावी गरेका छन् । वर्तमान सरकारले थुप्रै राम्रा काम गरेपनि कम्युनिष्ट बिरोधीहरुले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र गर्न लागेको उनले बताए ।

top bahadur raymaji

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीका गाउँ तथा नगरपालिकाका अध्यक्ष र सचिवहरुलाई मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सपथ ग्रहण गराउँदै नेता रायमाझीले नवगठित कमिटीहरुलाई तव्रि रुपमा पार्टी काममा लाग्न निर्देशन दिए । उनले लामो इतिहास बोकेका विशाल पार्टीहरु एमाले र माओवादी मिलेर बनेको नेकपाले नै वर्षौं सम्म सत्ताको नेतृत्व गर्ने ठोकुवा समेत गरे ।

नेकपा केन्द्रीय सदस्य तथा ५ नं. प्रदेश सचिव जगप्रसाद शर्माले पार्टी एकिकरण भएको लामो समय सम्म पनि पार्टीका कमिटीहरु निर्माण हुन नसक्दा सरकारले गरेका कामको प्रचार हुन नसकेको बताए । सरकारका कामका प्रचार र संगठन सुदृढिकरणमा विशेष ध्यान पुराउन्न नवनिर्मित कमिटीका अध्यक्ष, सचिवलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य नजिर मियाँ, बोमबहादुर विक, ५ नं. प्रदेश कार्यालयका सचिव बलराम अधिकारी, प्रदेश सदस्य ठाकुर कुमार विक, जिल्ला कार्यदल सदस्य जनार्दन खनालले मन्तव्य राख्दै कार्यकर्ताको भावनालाई बुझेर नवगठित कमिटीले कार्य सम्पादन गर्नु पर्नेमा जोड दिएका थिए।

कार्यक्रम प्रदेश सदस्य तथा जिल्ला कार्यदल सदस्य चेतनारायण आचार्यको अध्यक्षता छमकुमारी खनाल (चिनारी)को स्वागत मन्तव्य र तोजबहादुर रायमाझी (विधान)को सञ्चालनमा सम्पन्न भएको हो ।

नेकपाका छ ओटै स्थानीय तहका अध्यक्ष र सचिवहरुले सपथ लिएका छन् । नेकपाको सन्धिखर्क नगरपालिकाको अध्यक्षमा श्रीकृष्ण भुसाल सचिवमा शिव अधिकारी, भुमिकास्थानको अध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा मणि पौडेल, सितगंगाको अध्यक्षमा वसन्त श्रेष्ठ सचिवमा मणिराम अधिकारी चयन हुनु भएको छ । यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा शालिकराम आचार्य सचिवमा शिवलाल कुवँर पाणिनिको अध्यक्षमा कमल घिमिरे सचिवमा जिवलाल घिमिरे र छत्रदेवको अध्यक्षमा रामलाल पराजुली सचिवमा भोजबहादुर रायमाझी चयन हुनु भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७