क्रिकेट रंगशालाको लागि मलेसियामा धुर्मुस-सुन्तली साँझ, उत्साहजनक सहभागिता {फोटो फिचर}


२५ माघ २०७५, शुक्रबार
Dhurmus Suntali Cricket stadium 2

तस्बिर सौजन्य: ज्ञानेन्द्र कार्की (मलेसिया)
मलेसिया, २४ माघ :
माघ १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ सम्पन्न भएको छ ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको छ ।

Dhurmus Suntali Cricket stadium 17
Dhurmus Suntali Cricket stadium 16
Dhurmus Suntali Cricket stadium 14
Dhurmus Suntali Cricket stadium 13

टोलीमा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन् । यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ(२०७५’ को आयोजना गरेको हो ।

Dhurmus Suntali Cricket stadium 11
Dhurmus Suntali Cricket stadium 12
Dhurmus Suntali Cricket stadium 10
Dhurmus Suntali Cricket stadium 9

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो सो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ । उक्त दुई सोमा धुर्मुस–सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोरमनोरञ्जन लिएका हुन् । उनीहरूसँगै टोलीमा रहेका गायक गायिकाले पनि दर्शकको मन जितेका छन् ।

Dhurmus Suntali Cricket stadium 8
Dhurmus Suntali Cricket stadium 6
Dhurmus Suntali Cricket stadium 5
Dhurmus Suntali Cricket stadium 3
Dhurmus Suntali Cricket stadium 2
Dhurmus Suntali Cricket stadium 1

अब अब क्वालालम्पुर र पेनाङपश्चात् फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुने टोलीले जनाएको छ। झन्डै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माणका लागि मलेसियाबाट राम्रो सहयोग पाउने विश्वास धुर्मुस–सुन्तलीले व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७