बोल्दा-बोल्दै ढले फाल्गुनन्दका लोकप्रिय नेता नेम्वाङ


२६ माघ २०७५, शनिबार
अमर नेम्वाङ

पाँचथर, २६ माघ : पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष एंव साहित्यकार अमर नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ मा आयोजित कार्यक्रममा बोल्दा–बोल्दै समस्या भएपछि कुुर्सीमै बेहोस भएका ७८ वर्षीय नेम्वाङलाई उपचारको लागि इलाम जिल्ला अस्पताल लगिएको थियो । तर, उनलाई अस्पतालले उपचार सुरु नगरी नै मृत घोषणा गरेको थियो ।

अमर नेम्वाङ



फाल्गुनन्द गाउँपालिकाको वडा नम्वर ५ ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित अध्यक्ष नेम्वाङले मन्तव्य राख्दा राख्दै असजिलो महसुश गरेका थिए । यसपछि कुर्सीमा बसेपछि बेहोस भएका ७८ वर्षीय नेम्वाङको नेम्वाङलाई तत्काल स्थानीय क्लिनिकमा स्वास्थ जाँच गराएर इलाम जिल्ला अस्पताल लगिएको थियो ।

यसअघि इलामबाट सीधै हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको थियो । अवस्था जटिल भएपछि उनलाई काठमाडौं नलगिएको हो । जिल्ला अस्पताल पुग्न अघि नै उनको मुटुले काम गर्न छोडीसकेको पुरै अंग निष्कृय भइसकेको इलाम अस्पतालका डाक्टर पवनजंङ्ग रायमाझीले बताए ।


स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट नेम्बाङ विजयी भएका थिए । साहित्यकारसमेत रहेका नेम्बाङ पाँचथरका अब्बल क्षमताका मानिन्थे । उनकोे साँझको ‘अवसान तरेलीहरु’ कविता संगह र ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ संस्मरण प्रकाशन भइसकेको छ ।


नेम्वाङलाई यसैवर्ष नेपाल सरकारले सुप्रवल जनसेवा श्रीबाट समेत विभूषित गरेको थियो । यसअघि नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष बनेका नेम्वाङ २०४९ र ०५४ सालमा साविक पौवासारताप गाविसको अध्यक्ष थिए । उनी गाउँपालिकामा लोकप्रिय नेता थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७