मन्त्रिमण्डल भ्रष्टहरुको क्लब भयाे, हेर्दाहेर्दै देश डुब्न लाग्यो : गगन थापा


२६ माघ २०७५, शनिबार
0 Shares
Gagan Thapa in Gurkha

गोरखा, २६ माघ : कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापाले वर्तमान मन्त्रिमण्डल भष्ट्रहरुको क्लब जस्तै भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्ट नै भ्रष्ट रहेको रहेको उनको दाबी छ ।

Gagan Thapa in Gurkha

कांग्रेस गोरखाले शनिबार गोरखा सदरमुकाममा गरेको सुशील कोइरालाको चौथो स्मृतिसभा एव वर्तमान राजनीतिक अवस्थाबारे विचार गोष्ठीमा नेता थापाले अहिलेको दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । भने, ‘प्रधानमन्त्री बिहानदेखि बेलुकासम्म एउटा कुरा दोहोर्‍याएको दोहोर्‍यायाकै गरिरहनुहुन्छ म भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर एउटा वाक्य बोलिरहनुहुन्छ, तर उहाँको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्टहरु नै भ्रष्टहरु छन्।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

थापाले विमान खरिद गर्दा भ्रष्टाचार, विदेश जाँदा र आउँदा भ्रष्टाचार, नागरिकले सेवा लिने र दिने ठाउँमा, हरेक मन्त्रालयमा भ्रष्टाचार रहेको बताए । भने, ‘प्रधानमन्त्रीको मातहतै भ्रष्टाचार भएको छ, सिंगो पार्टी भ्रष्टाचारमा संस्थागत रुपले लागेको छ।’

पाइलैपिच्छे भ्रष्टाचारको नमुना सरकारले देखाएको उनले बताए। भने, ‘प्रधानमन्त्री आफैं भ्रष्टाचारीका नेतृत्वकर्ता हुन् ।’

jagdamba.cement
rbbbb

व्यक्ति लागेर नभइ सिंगै पार्टी नै लागेर संस्थागत भ्रष्टाचार गरेकोे उनले लगाए। ‘माफिया, दलाल, तस्करलाई संरक्षण दिँदै अहिलेसम्म नभएको ठूलो भ्रष्टाचार यो एकवर्ष्भित्र भएको छ’, नेता थापाले भने, ‘भ्रष्टाचारको दलदलमा देश टाट पल्टन लागिसक्यो तर प्रधानमन्त्री संसदमा आएर ढाँटेको ढाँटै गरिरहनुहुन्छ। एकपछि अर्को झुट, एकपछि अर्को झुट। कति सहने नेपाली जनताले ?

हेर्दाहेर्दै नेपाल डुब्न लाग्यो

नेता थापाले हेर्दाहेर्दै नेपाल डुब्न लागेको पनि बताए । भने, ‘आर्थिक संकट सुरु भइसक्यो। लगानी गर्ने वातावरण छैन, अन्तर्रा्ष्ट्रिय सम्बन्ध बिग्रदै गएको छ, शान्ति सुरक्षाको अनुभूति दिलाउन सकेन।’

वर्तमान सरकारले अदालत, अख्तियार, लोकसेवा सबैमा हस्तक्षेप गरेको उनको आरोप थियो। दुई तिहाईको दम्भ देखाएर सरकारले तानशाह प्रस्तुत गरेको भन्दै उनले सरकारले आवश्यक कानुन, ऐन नियम नबनाउँदा प्रदेश सरकार पंगु भएको र स्थानीय सरकार बरालिएको बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७