२०७५ माघ २७ गते आइतबारको तपाईको राशिफल


२७ माघ २०७५, आईतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु पर्नेछ ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारीक झमेला आउँला । कुविचारमा मन जानेछ । सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेटघाट रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउने छ । कार्य सम्पादनमा समस्या आउँला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । मनोरञ्जनमा अभिरुचि जाग्ने छ । स्वास्थ्यको क्षेत्र मध्यम रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापार व्यवसायमा फाइदा होला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाहन सुख मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मंगल कार्यको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । व्यवसायबाट लाभ होला । प्रीय व्यक्तिसंग भेट घाट होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । प्रेमीको सहयोग पाइने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७