बेला न कुबेला भेनेजुएला : जसले नेकपा र सरकारमा तरङ्ग मात्र ल्याएन, दुई अध्यक्षको मित्रतालाई समेत खलबल्यायो


२७ माघ २०७५, आईतवार
oli

काठमाडौं, २७ माघ । अचेल जताततै एउटा भनाइ सुनिन्छ : बेला न कुबेला भेनेजुएला । कुनै साइनो–सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाइ बनेको छ ।

oli

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विदेशमा भएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिले दुई अध्यक्षको सम्बन्धमा पनि तिक्तता बढाएको छ ।

यही विषयमा दुई दिन यताको ‘जुहारी’ पछि शनिवार विहानै नेकपाका अध्यक्षद्दय ओली र दाहालवीच वालुवाटारमा भेट भयो । भेनेजुएला संकटमा दिएको वक्तब्यपछि एक–अर्काले दुवैका अभिब्यक्तिलाई ‘ब्यक्तिगत’ अथ्याइँरहदा वढ्दै गएको असमझदारीका वीच नेकपाका दुई पाइलटका बीचमा भेट भएको हो ।

भेनुजुऐला प्रकरणमा अध्यक्ष दाहाल ‘शब्दमा चिप्लिएको’ टिप्पणी प्रधानमन्त्री समेत रहेका ओलीले एक टेलिभिजन कार्यक्रम गरेपछि ओली–दाहाल सम्वन्धमा देखिने गरि नै असमझदारी बढेको थियो । तत्कालिन एमाले–माओवादी एकतापछि ओली–दाहालले एक–अर्काकाविरुद्ध खास आलोचनात्मक अभिब्यक्ति दिएका थिएनन् ।

ओलीले टेलिभिजन कार्यक्रममा समकक्षी अध्यक्षको वक्तब्यलाई ‘अमुक ब्यक्तिको वब्क्तब्य र शब्द चिप्लिएको’ भनेपछि दाहाल आक्रोशित थिए । उनले पनि ओलीलाई जवाफ दिने शैलीमा गृहनगर पुगेर ओलीका अभिब्यक्ति ‘ब्यक्तिगत भएको भन्दै अर्थ नहुने’ मात्रै बताएनन्, शुक्रवार सार्वजनिक कार्यक्रममै ओलीले नेतृत्व गरेको सरकारको कार्यशैलीमाथी पनि प्रश्न उठाई दिए ।

भेनेजुएला वब्क्तयपछि देखिएको असमझदारी दाहालले सरकारको कार्यशैलीमा समेत लगेर थपिदिए । यसले यी दुई अध्यक्षका वीचमा असमझदारी वढन थालेको देखिएको छ । ‘संविधानको मर्म अनुसार सिंहदरवारको अधिकार प्रत्यायोजित गरिदै छ त रु स्थानिय तह र प्रदेशलाई कानुन, सुरक्षा, कर्मचारी र वजेट दिइँदैछ त ? ’ दाहालले सरकारले संघीयता कार्यान्वयनलाई खेलाची ठानेको संकेत गदै शुक्रवारको एक कार्यक्रममार्फत चेतावनी दिएका थिए, ‘शान्ति प्रक्रिया र संविधानलाई हलुका ढंगले वुझिए अर्को माओवादी जन्मिन्छ । त्यसले झन ठूलो खतरा ल्याउन सक्छ ।’

प्रतिपक्षी नेता शेरवहादुर देउवाको भूमिका खुम्चिएको र नेकपाका अध्यक्ष दाहाल पनि मौन वस्न थालेको भनी टिप्पणी भईरहदा दाहालले ओली र सरकारमाथी नै एकाएक ‘फायर’ खोलेपछि नेकपाका दुई खेमाका वीचमा असमझदारी वढेको थियो । त्यही असमझदारी अन्त्य गर्ने उदेश्यले शनिवार दुई अध्यक्षका बीचमा भेट भएको नेकपा स्रोतले वतायो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले दुई अध्यक्ष वीचको भेटको पुष्टि गरे। तरअध्यक्षद्दयका वीचको कुराकानीका वारेमा उनी थप खुलेनन् ।

तर वालुवाटार स्रोतका अनुसार, दाहालसँगको भेटमा ओलीले सम्वन्धमा अविश्वास सिर्जना गर्नेतिर लाग्न नहुने धारणा राखेका थिए । ‘सञ्चारमाध्यम र टोलछिमेकमा हाम्रो सम्वन्ध विग्रेको भन्दै कुरा काट्न शुरु भएको छ, असमझदारी कही कतै छन् भने त्यसलाई हटाउनु पर्छ । सम्वन्ध विगार्नु हुन्न,’ ओलीको भनाई उदधृत गदै वालुवाटार स्रोतले भन्यो ।

दाहालले भने आफुले शुक्रवारको सार्वजनिक कार्यक्रममा दिएको अभिब्यक्ति सरकारमा मात्रै लक्षित नभई समग्र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितीको आंकलनका सन्र्दभमा रहेर गरेको जवाफ ओलीलाई दिएका थिए । तर उनले सरकार र पार्टीका विषयमा प्रधानमन्त्री एक्लै हिडन खोज्दा केही असमझदारी वढ्न सक्ने भन्दै छलफलका आधारमा निर्णय प्रक्रियामा पुग्ने वाटो अवलम्वन गरेर जान सुझाएको स्रोतले वतायो ।

दाहाल सरकारले अहिले निर्माण गरिरहेको कानुन, राजनीतिक नियुक्ति लगायतका विषयमा पनि प्रधानमन्त्री ओलीको कार्यशैलीसँग असन्तुष्ट छन् । त्यस्तै उनी तल्लो तहसम्मको पार्टी एकताका क्रममा देखिएको विलम्वमा पनि ओलीसँग सन्तुष्ट वन्न सकिरहेका छैनन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७