अन्तर जातीय सम्बन्ध स्वीकार नगर्दा युवतीको हत्या


२७ माघ २०७५, आईतवार
hatya 1 2

म्याग्दी, २७ माघ । अन्तर जातीय सम्बन्धलाई समाजले अस्वीकार गर्ने आशंकामा म्याग्दीकी एक युवतीको ज्यान गएको छ भने युवतीको ज्यान लिने युवालाई सर्वस्वसहित जन्मकैद सजाय भएको छ ।

hatya 1 2

अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीकी २० वर्षीया सबिता नेपालीलाई बेनी नगरपालिका, ९ काउलेगैँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि) ले कालीगण्डकी नदीमा जीपसहित खसालेका ठहर गर्दै अदालतले सर्वस्वासहित जन्मकैदको फैसला गरेको हो । गत १४ असारमा नेपालीलाई कालीगण्डकीमा खसालेर खड्का बेपत्ता भएका थिए ।

अविवाहित सबिता गर्भवती भएपछि घराम्दीमा गाउँभेला आयोजना गरिएको थियो । सो भेलामा सबिताको गर्भमा रहेको बच्चा आफ्नो भएको विवााहित खड्काले स्वीकारेका थिए । त्यसपछि खड्काले उनलाई जीपमा राखेर गाउँबाट निस्किएका थिए ।

जिम्मा दिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा जीपमा राखेर गाउँबाट निस्केका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७