काठमाडौँ–निजगढ फास्ट ट्रयाकको ८० प्रतिशत काम पूरा


२७ माघ २०७५, आईतवार
fast

पर्सां, २७ माघ । बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्रयाकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ ।

fast

नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गड्न सक्नेछ ।

‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारीमध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको छ,’ कार्यदलका प्रमुख मेजर राजेशकुमार देवले भने, ‘सडकको फरमेसन लेभल सकिन लाग्यो, अब सब–बेस र बेस गरिन्छ, त्यसपछि कालोपत्रे गर्न सकिन्छ ।’

७६ किमिको फास्ट ट्र्याकमा निजगढ कार्यदलले अन्तिम बिन्दुतर्फको (पूर्व–पश्चिम राजमार्गमा जोडिने) जिम्मेवारी पाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७