संसद्का पदाधिकारीले गर्छन् सीमा नाघेर इन्धन खर्च, कसको कति खर्च ?


२७ माघ २०७५, आईतवार
petrol oil pump 596dbdac1685a6.78756324

काठमाडौं, २७ माघ । संघीय संसद्का पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ ।

petrol oil pump 596dbdac1685a6.78756324

सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा जहाज भाडाका अतिरिक्त खर्च गरेको इन्धनको परिमाण पत्याउनै मुस्किल पर्छ । उनीहरूले व्यक्तिगत काममा जाँदा समेत इन्धन सुविधा दाबी गरेका छन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कात्तिक १९ देखि २६ सम्म गृहजिल्ला रोल्पा जाँदा ७ सय ६२ लिटर पेट्रोल खपत भएको भन्दै संसद् सचिवालयबाट ८३ हजार ४ सय ६५ रुपैयाँ खर्च लिएका छन् । यसबाहेक हवाई जहाज टिकटबापत १८ हजार ७ सय ५० रुपैयाँ बुझेका छन् ।

कात्तिक ३० र ३१ मा तनहुँ जाँदा पनि ३ सय ४३ लिटरबापत ३७ हजार ६ सय ३ रुपैयाँ र जहाज खर्च ६ हजार ७ सय ५० रुपैयाँ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पुस ६ मा पोखरा जाँदा जहाज भाडा ७ हजार ५ सय र इन्धनको ५ हजार ५० रुपैयाँ लिएका छन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले कात्तिक ९ देखि १५ सम्म गृहजिल्ला मोरङ जाँदा १ सय ७२ लिटर पेट्रोलको खर्च लिएकी छन् । जहाज खर्च ७ हजार ८ सय पनि बुझेकी छन् । उपाध्यक्ष शशिकला दाहालले असोज १४ देखि १९ सम्म गृह जिल्ला महोत्तरी जाँदा ११ हजार ६ सय रुपैयाँ इन्धन खर्च लिएकी छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७