सात स्थानीय तह भाडाका भवनमा


२७ माघ २०७५, आईतवार
21 Shares
local government

दार्चुला, २७ माघ । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको यहाँ सात स्थानीय तह भाडाका भवनमा सञ्चालनमा छन् ।

local government

स्थानीय तह गठन भएको डेढ वर्ष बित्न लाग्दा समेत स्थानीय तहले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको छ । अपी हिमाल, व्यास, दुहुँ, मालिकार्जुन र लेकम गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाका आफ्ना भवन छैनन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भवन निर्माणको लागि सरकारले बजेट व्यवस्थापन नगर्दा निर्माण गर्न नसकिएको अपी हिमालका अध्यक्ष धर्मानन्द मन्यालले बताए । उनले भने, ‘भवन मापदण्ड अनुसार सबै ठाउँमा एकै प्रकारको बनाउने भन्दै सर्कुलर भएको थियो, बजेट व्यवस्थापन कै कारण आफ्नै भवन निर्माणमा ढिलाइ हुन गयो ।’

अपी हिमाल अहिले खण्डेश्वरी माध्यमिक विद्यालयको भवनमा राखिएको छ । विद्यालयसँग रहेको भवनलाई मर्मत गरी गाउँपालिका कार्यालय सञ्चालन गरिएको अध्यक्ष मन्यालले बताए । भवन निर्माणका लागि भन्दै गाउँपालिकालाई स्थानीयले २२ रोपनी जमिन गतवर्ष नै जग्गादान गरिसकेका छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै बजेटबाट भवन निर्माण शुरु गर्ने तयारी गरेको उनले जानकारी दिए । भवन निर्माणको लागि गाउँपालिकाले रु ३० लाख विनियोजन गरेको छ ।

jagdamba.cement
rbbbb

यसैगरी लेकमले पनि खरकडामा रहेको विद्यालयका कोठा मर्मतसम्भार गरी कार्यालय स्थापना गरिएको छ । गाउँपालिकाले विद्यालय, साविकको गाविस भवन तथा स्थानीयका दुई घर भाडामा लिएर कामकाज सञ्चालन गरिरहेको उपाध्यक्ष माधवी जोशीले बताइन् । नयाँ भवन निर्माणका लागि जग्गाखोजी भइरहेको उनले जानकारी दिइन् । आफ्नै भवन नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित हुने गरेको उनको भनाई छ ।

मालिकार्जुनको केन्द्र शंकरपुरमा पनि आफ्नै भवन छैन् । सबैलाई पायकपर्ने भन्दै शंकरपुरमा केन्द्र कायम गरे पनि भवन नहुँदा समस्या रहेको गाउँपालिकाका प्रवक्ता प्रेमराज पन्तले बताए । अहिले गाउँपालिकाले स्थानीयको ६ कोठे घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ ।
व्यास गाउँपालिका पनि अहिले स्थानीयको घर भाडामा लिएर सञ्चालनमा छ । दुई घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता धिरनसिह बुढाथोकीले बताए । गाउँपालिकाको आफ्नै भवन निर्माणको लागि जमिन खोजी भइरहेको उनले जानकारी दिएका छन् ।

दुहुँको पनि अहिले स्थानीयवासीका तीन घर भाडामा लिएर कार्यालय सञ्चालनमा छ । सबै कार्यालय एउटै क्षेत्रमा नहुँदा सेवाग्राहीलाई सेवा लिन समस्या भएको गाउँपालिकाका उपाध्यक्ष इश्वरी जोशीले बताएकी छन् । गाउँपालिकाको भवन निर्माणका लागि जग्गादाता भेटिएका छैनन् ।

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले कर्मचारी आवास गृहको भवनलाई पाँच वर्षका लागि भाडामा लिएर काम गरिरहेको छ । साविकको अपी नगरपालिका तथा गाविस भवनमा ठाउँ अभाव भएपछि सो भवन भाडामा लिइएको नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले बताए ।
शैल्यशिखर नगरपालिकाको पनि साविकको गाविस भवन तथा केही विषयगत कार्यालय सञ्चालन गर्न भाडामा भवन लिइएको छ । नगरपालिकाको भवन निर्माणका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयले डिजाइन निर्माण गरेको नगर प्रमुखका स्वकीय सचिव सुरेश विष्टले जानकारी दिए ।

नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाले भने पहिलो वर्षमै आफ्नो भवन निर्माण गरेका छन् । नौगाडले गत वर्ष आफ्नै भवन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीले बताए । यस्तै मार्मा गाउँपालिकाले गत वर्ष भवनको माथिल्लो तला थपेपछि सहज भएको अध्यक्ष जमनसिह धामीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७