जागिर सेनाको, काम खैरो हेरोइन तस्करी


२७ माघ २०७५, आईतवार
nepalarmy

काठमाडौं, २७ माघ । लागू औषध खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाली सेनाका एक जवानलाई पक्राउ गरेको छ ।

nepalarmy

काठमाडौं–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट शनिबार राति पक्रा परेका एकेन्द्र शाही नेपाली सेनाको जवान भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले दुई जनालाई पक्राउ गरेकोमा पक्राउ परेका एकेन्द्र शाही नेपाली सेनाको जवान भएको खुलेको र ललिपुरस्थित ब्यारेकमा कार्यरत रहेको अपराध महाशाखाको भनाइ छ ।

पक्राउ पर्ने अर्का कृष्ण भण्डारी रहेका छन् । उनीहरु दुबै जनालाई महानगरीय अपराध महाशाखाको टोलीले शनिबार काठमाडौ–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट पक्राउ गरेको हो । पक्राउ परेका शाही र भण्डारीको साथबाट प्रहरीले २२ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७