सन्दीपको उत्कृष्ट प्रर्दशनसँगै सिड्नी सिक्सर्स सेमिफाइनलमा


२७ माघ २०७५, आईतवार
sandeep lamichhane

काठमाडौं, २७ माघ । अष्ट्रेलियामा जारी बिग ब्याश लिग (बीबीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने तीन विकेट लिदैँ कमब्याक गरेका छन् । लामिछाने आबद्ध टोली मेलबर्न स्टार्सलागि उनले शनिबार सिड्नी सिक्सर्सविरुद्ध तीन विकेट लिएका हुन् ।

सन्दीपले बिग ब्याशमा चार खेल खेलेर बंग्लादेश प्रिमियर लिग (बीबीएल) खेल्न र नेपालको यूएई भ्रमणमा सामेल भएपछि फेरी बीबीएलमा कमब्याक गरेका हुन् ।

यस खेलमा सीड्नी सिक्सर्स ९४ रनले पराजित भयो । सिक्सर्सको पराजयसँगै मेलबर्न स्टार्सले एक खेल अगावै बिग ब्याश लिगको सेमिफाइनलमा पुगेको छ ।

मेलबर्न स्टार्सले बनाएको १६८ रनलाई पार गर्न आएको सिड्नी सिक्सर्स ७४ रनमा नै अलआउट हुन पुगेको थियो ।

स्टार्सको जितमा लामिछानेको प्रदर्शन प्रभावशाली रह्यो । उनले पछिल्लो क्रमका खेलाडीहरुलाई घुमाउरो बलको शिकार बनाएका थिए । ३.४ ओभर बलिङ गरेका उनले ११ रन दिएर तीन विकेट लिए ।

आठौं ओभरमा बलिङ गर्न आएका उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा टोम कुरेनलाई एलबीडब्लुको धरापमा पारेका थिए । त्यसपछि १२ औं ओभरमा बेन ड्वारसुइसलाई कप्तान म्याक्सवेलबाट क्याच आउट गराएका थिए । उनले तेस्रो विकेट लिएसँगै विपक्षी टीमको सबै विकेट पतन भएको थियो ।

यसअघि खेलेका चार खेलमा सन्दीपले ८ विकेट लिएका थिए । भने तीन खेलमा लगातार विपक्षी कप्तानलाई आउट गरेका थिए ।

यसअघि उनको टोली मेलवर्न स्टार्सले टस जितेर पहिलो ब्याटिङ पाएपछि पुरा ओभर खेलेर १६८ रन जोडेको थियो । उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ४३ बल खेलेर ८२ रन जोडे जोडे । जसमा उनले ६ छक्का र चार चौका प्रहार गरेका थिए।
कप्तानलाई साथ दिने क्रममा पिटर ह्यान्ड्सकमले ३५ रन जोडे । यसअघि ओपनर मार्कुस स्टोइनिसले ३४ रन जोडेका थिए।

कप्तानलाई साथ दिने क्रममा पिटर ह्यान्ड्सकमले ३५ रन जोडे । यसअघि ओपनर मार्कुस स्टोइनिसले ३४ रन जोडेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७