सरकारी सेवामा खस-आर्यको आरक्षण खाेसियाे

काठमाडौं, २७ माघ । सरकारी सेवामा प्रवेश गर्न चाहने खस–आर्य समुदायका युवा–युवतीले अब आरक्षणको सुविधा नपाउने भएका छन् ।

संघीय निजामती सेवा विधेयकमा खस–आर्यलाई आरक्षण दिने सुविधा काटिएको छ । संविधान र निर्वाचन कानुनमा खस–आर्यलाई पनि आरक्षणको व्यवस्था छ । तर, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा खर्स आर्यलाई आरक्षण नै छैन ।
संघीय निजामती सेवा विधेयकमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानेर समानुपातिक र समावेशीताको आधारमा पदपूर्ति हुने उल्लेख गरिएको छ ।