मन्त्रालयमा धर्ना बसेका सरकारी डाक्टरमाथि लाठीचार्ज, गोदान अध्यक्षसहित २० बढी पक्राउ


२७ माघ २०७५, आईतवार
doctor 1

काठमाडौं, २७ माघ । कर्मचारी समायोजनको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ ।

doctor 1

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरी प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । गोदानले यसअघि नै कर्मचारी समायोजनको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

जसअनुसार आइतबार मन्त्रालयमा घेराउ गर्न गएका उनीहरु मन्त्री र सचिवको कार्यकक्ष भएकै तल्लामा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । कर्मचारी समायोजनको विषयलाई लिएर मन्त्रालयसँग पहिले नै सम्झौता भए पनि त्यसलाई कार्यान्वयन नगरेपछि विरोध प्रदर्शन गरेको गोदानका महासचिव डा. रविन खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७