एनसेलसहित ९ सञ्चार सेवा प्रदायकसँग महिना दिनभित्र २ अर्ब ९६ करोड बक्यौता असुल्न निर्देशन


२७ माघ २०७५, आईतवार
0 Shares
artha 96hz40gyHu

काठमाडौं, २७ माघ । संघीय संसदको अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक नौ वटा संस्थाहरुले तीर्न बाँकी २ अर्ब ९६ करोडभन्दा बढी बक्यौता रकम एक महिनाभित्र असुली गर्न सरकारलाई निर्देशन दिएको छ ।

artha 96hz40gyHu

बक्यौता रकम असुल नगरेसम्म ती संस्थाहरुलाई काम नगर्न–नगराउन पनि सरकारलाई सचेत गराइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिएका छन् । नौं वटा दूर संचार सेवा प्रदायक संस्थाहरुले २०७५ साल पुस महिनासम्म २ अर्ब ९६ करोड, ८५ हजार भन्दा बढी बक्यौता रकम नेपाल सरकार र दूर सञ्चार प्राधिकरणलाई बुझाउन बाँकी छ । सो रकम एक महिनाभित्र पनि नबुझाएमा त्यस्ता दूर सञ्चार सेवा प्रदायक संस्थाहरु खारेज गर्ने प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देश गरिएको पनि सभापति दाहालले बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्नेसम्बन्धि सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न–गराउन पनि सरकारलाई निर्देशन दिएको छ । समितिमा अर्थ मन्त्रालयले एनसेलको १२ अर्ब ७३ करोड पूँजीगत लाभकर उठाउन बाँकी रहेको विवरण पेश गरेको थियो । सोही सम्बन्धमा सर्वोच्च अदालतले हालै गरेको फैसला अनुसार पूँजीगत लाभकर असुल गर्न सरकारलाई निर्देशन दिनु परेको पनि समितिका सभापति दाहालले जानकारी दिए ।

समितिले स्पाईस नेपाल प्रालिको शेयर वितरणसम्बन्धि सम्पूर्ण विवरण एक हप्ताभित्र समितिमा पेश गर्न पनि अर्थ मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराएको छ ।

jagdamba.cement
rbbbb

सो कम्पनीको शेयर वितरणको ११ औं र १२ औं चरणको निर्णय प्रक्रियामा सहभागी भएका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ठूला राजश्व कार्यालय, नेपाल दूर सञ्चार प्राधिकरणका जिम्मेवार पदाधिकारीहरुको विवरण पनि समितिमा एक हप्ताभित्र पेश गर्न सरकारलाई सचेत गराएको पनि समितिले जनाएको छ ।

एनसेलले ठूलो मात्रामा पूँजीगत लाभकर छली गर्नुमा सरकारको सम्बन्धित निकाय राजश्व प्रशासन र नियमक अन्य निकायहरु पनि जिम्मेवार रहेको समितिको निष्कर्ष छ । दूरसञ्चार सेवा प्रदायक संस्था स्मार्ट टेलिकम प्रालिले मात्रै १ अर्ब ४० करोड बक्यौता रकम सरकार र नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७