द्वन्द्वका मुद्दा टुंग्याउन प्रधानमन्त्री ओलीलाई प्रचण्डको यस्तो दबाब


२८ माघ २०७५, सोमबार
oli dahal

काठमाडौं, २८ माघ । द्वन्द्वकालीन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम देखेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

oli dahal

सत्यनिरुपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको यो विषयमा अन्तर्रा्ष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै दाहालले प्रधानमन्त्रीलाई आन्तरिक रुपमै टुंग्याउन आग्रह गरेका हुन् ।
केही दिनयता दाहाल र ओलीबीचको मनमुटाब सतहमा देखिएको छ ।

यही सन्दर्भमा उनीहरुबीच शनिबार बिहान छलफलसमेत भएको थियो । छलफलमा दाहालले सत्यनिरुपणको विषयलाई सरकार, सदन र राजनीतिक दल मिलेर टुंग्याउने मर्म बुझेर काम अघि बढाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७