भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव


२८ माघ २०७५, सोमबार
train 10022019084905

वीरगञ्ज, २८ माघ । सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ ।

train 10022019084905
?????????????????????????????????????????????????????????

रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगञ्ज पब्लिक सेकेण्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी हुन् । अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ ।

घटनास्थल नजिकका स्थानीयका अनुसार बिहान दुवै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ आइरहेका थिए । सामाजिक सञ्जालमा शव र परिचयपत्र भाइरल भएपछि एसपी रेवती ढकाल नेतृत्वमा प्रहरी टोली रक्सौलतर्फ गएको डिएसपी अनन्तराम शर्माले बताए । छात्राको विवरण लिएर प्रहरी टोली उनी अध्ययन गर्ने स्कुल पुगेको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७