सिनामङ्गलमा एकाबिहानै बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडौं, २८ माघ । सिनामङ्गलमा बसको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङ्गगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको हो ।

ठक्करबाट घाइते भएपछि काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।