ट्रयाक खुलेको १२ वर्षमा पनि सडक बनेन


२८ माघ २०७५, सोमबार
pahiro

जाजरकोट, २८ माघ । जाजरकोटको खलङ्गा–पाँचकाटीया २३ किलोमिटर सडकको ट्रयाक (सडक मार्ग) खुलेको १२ वर्ष बित्यो । तर सम्बन्धित निकायले खलङ्गा –पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् ।

pahiro

सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवत जावतमा सास्ती भइ रहेको छ । हिउँदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सडकका कारण जनताले सास्ती खेप्नुपरेको छ । यो सडकमा मोटरसाइकलसमेत पार गर्न मुस्किल हुने गरेको कृषि प्राविधिक यज्ञबहादुर रोकायले बताए ।

करोडौँ खर्च गरेर निर्माण गरेको उक्त सडकमा छ महीना पनि यातायात सञ्चालन हँुदैन । सडकको ट्रयाक खुलेकै वर्षौ बित्यो, तर स्थानीयवासीले यातायातको सुविधा पाउन सकेका छैनन् । सडक यातायात सञ्चालन नहुँदा दुर्गम गाउँमा खाद्यान्नका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको भेरी नगरपालिका–२ बाहुनथान स्थानीय व्यापारी टीकाराम खड्काले बताए ।

डिभिजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नतितर्फ बेवास्ता गर्दा वर्षेनी स्थानीयवासीले सास्ती खेप्नुपरेको उनले बताए । दर्जनौं स्थानमा घुम्ती तथा ग्रेडिङ नमिल्दा सडकमा यातायात सञ्चालन हुन नसकेको हो । पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने स्थानीयवासीको माग छ ।

खलङ्गादेखि पाँचकाटीया, पंैक, ब्याउली ढुङ्गा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने सडक हो यो । सडक मर्मत गरेर यातायात सञ्चालन गर्न सडक डिभिजन र भेरी नगरपालिकाले बेवास्ता गर्दा बूढाबूढी, बिरामीलगायत सयौँ यात्रुलाई दैनिक सास्ती भएको पाँचकाटीयाका व्यापारी चक्रबहादुर थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७