हल्ला गरे ‘काट्ने’ डर देखाउँदै हजुरबाले नै गरे १३ वर्षीया नातिनीलाई बारम्बार बलात्कार
बुटवल, २८ माघ । हल्ला गरे ‘काट्ने’ डर देखाउँदै एक ७३ वर्षीया हजुरबुबाले आफ्नै १३ वर्षीया नातिनीलाई पटक–पटक बलात्कार गरेका छन् ।

खुकुरी देखाउँदै आफ्नै १३ वर्षीया आफ्नै नातिनीलाई पटक–पटक बलात्कार गर्दै आएका ७३ वर्षीया हजुरबुबालाई गुल्मी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आसामबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिएका छन् ।
‘बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा दुई नातिनीहरुमध्ये १३ बर्षीया एक नातिनीलाई खुकुरी देखाउँदै पटक–पटक बलात्कार गरेको बाबु समक्ष खबर पुग्यो र पीडितबाट उजुरी पर्यो त्यसपछि हामीले भारतको आसाम पुगेर पक्राउ गरेर ल्याएका छौं’ एसपी बस्नेतले भने, ‘अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।’ प्रहरीले ती बृद्धको नाम गोप्य राखेको छ ।
यता प्रहरीका अनुसार गुल्मीको जोहाङ्गस्थित विवाहमा आएका बाग्लुङ्गका २४ बर्षीय युवाले पनि १२ बर्षीया बालिकालाई बिवाह गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेका छन् । उनलाई गुल्मी लुम्छाबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।