भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको छ, यो चिन्ताको विषय हो : राष्ट्रपति


२८ माघ २०७५, सोमबार
Bidhya Devi Bhandari
/fi6«klt ljBfb]jL e08f/L ;f]daf/ sf7df8f}Fdf clVtof/ b’?kof]u cg’;Gwfg cfof]usf] @*cf}+ :yfkgf lbj;nfO{ ;Daf]wg ug'{x’Fb} . t:jL/ M rGb|snf If]qL, /f;;

काठमाडाैं २८ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । विष वृक्ष जस्तै भ्रष्टाचार जति बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुने र हरेक्ष क्षेलाई तहस नहस बनाउँदै जाने उनको भनाई छ ।

Bidhya Devi Bhandari

राष्ट्रपति विद्यादेवी भण्डारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा सोमबार कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नवीन प्रविधि र परिवर्तित प्रवृत्तिका कारण चुनौती थपिँदै गएको अवस्थामा भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने सुनिन गएको छ, यो चिन्ताको विषय हो ।’

भ्रष्टचार बढे गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा धब्बा लाग्ने बताइन् । भनिन्, ‘यो विषयलाई हृदयङ्गमन गरी परिवार, समाज र राष्ट्रबाट भ्रष्टाचारजन्य प्रवृत्तिलाई छिटोभन्दा निर्मूल पार्नु जरुरी छ ।’

भ्रष्टाचारको भयावह बारे ज्ञान बाटै भ्रष्टाचार हुनु चुनौती

राष्ट्रपति भण्डारीले भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय भएको बताइन् । भनिन्, ‘विष वृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुपर्नेका साथै यो जति बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षत्बिक्षत र तहस नहस बनाउँदै जान्छ ।’

राष्ट्रपति भण्डारीले भ्रष्टचारबाट सिर्जित दायित्व निर्वाहका लागि आवश्यक कानूनी, नीतिगत र संस्थागत प्रबन्ध गरी प्रभावकारी रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवं सरोकारवाला सबैको सहयोगको खाँचो औंल्याइन् । नेपाल भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएको तथ्य उनले सम्झाइन् ।

आयोगले निष्ठापूर्वक काम गरोस्
राष्ट्रपति भण्डारीले आयोगले आगामी दिनमा निष्ठापूर्वक, सक्रिय रही संवैधानिक भूमिका निर्वाह गर्नुपर्ने बताइन् । भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गरी अभियोजन गर्ने संवैधानिक जिम्मेवारी आयोगको भएको बताइन् । तर, मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सबै सरोकारवाला पक्षको सहकार्य र सहयोगको खाँचो रहेको उनले बताइन् ।

राष्ट्रपति भण्डारीले भ्रष्टाचरका परिणामबारे जानकारी नुहने व्यक्तिलाई सचेतनामूलक कार्यक्रममार्फत सुसूचित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने दायित्व भएका व्यक्तिबाट नियतवश हुने कार्यलाई दण्डात्मक कारवाहीबाट निरुत्साहित गर्न आयोग सफल हुने विश्वास व्यक्त गरिन् ।

सार्वजनिक पदधारण गरेका व्यक्तिले गर्ने भ्रष्टाचारजन्य कार्यले कुनै न कुनै रुपमा सार्वजनिक स्रोतको अपव्यय हुनाका साथै जनताको सेवा प्राप्त गर्ने अधिकार कुण्ठित हुने र मुलुकको विकास र समृद्धिमा बाधा पुग्ने बताइन् ।

राष्ट्रपतिले भ्रष्टाचार भइसकेपछि कारबाही गर्नेभन्दा भ्रष्टाचार हुनै नदिने अवस्थाको सिर्जना गर्नुपर्ने बताइन् । भनिन्, ‘सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने कुरा प्रति प्रतिबद्ध हुनु नै भ्रष्टाचार नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७