नेपालको भारतविरुद्ध ऐतिहासिक जित


२८ माघ २०७५, सोमबार
Nepal vs INdia Sabitra Bhandari GOal 1 1

काठमाडौं, २७ माघ । नेपाली महिला फुटबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत नेपाली टोलीले भारतलाई २१ले हराउँदै ऐतिहासिक जित हासिल गरेको हो।

कलिंगा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालका सावित्रा भण्डारीको दुई गोलमा विजयी भएको हो । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालको पहिलो जित हो ।

इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो ।

सावित्राले दुवै गोल खेल शुरू भएको सात मिनेटभित्र गरेकी हुन् । हिराकुमारी भुजेलको लामो पासमा उनले उक्त गोल गरेकी थिइन् । त्यसको दुई मिनेट नबित्दै सावित्राले अर्को गोल थपिन् । यतिबेला विपक्षी गोलकीपरले राम्ररी बल नियन्त्रण गर्न नसकेपछि सावित्राले मौकाको फाइदा उठाएकी थिइन् ।

भारतको तर्फबाट ८४ औँ मिनेटमा रतनबाला देवीले गोल गरेकी थिइन् । रतनाबाला देवीले सिधै फ्रिकिकमा गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । थप समयमा गोल हुन नसक्दा नेपालले भारतमाथि सिनियर टोलीमा पहिलो जित दर्ता गर्न सफल रहयो ।

नेपालले जितसँगै प्रतियोगिताको फाइनल पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । पहिलो खेलमा म्यानमारविरुद्ध ३-० ले पराजित नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा इरानलाई १-० ले पराजित गरेपनि दोस्रो खेलमा नेपालसँग पराजित भएपछि अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा म्यानमार रहेको छ । म्यानमारको २ खेलमा ६ अंक छ । पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमारले सोमबारको पहिलो खेलमा इरानलाई २-० ले पराजित गरेको थियो ।

नेपालले अब अन्तिम खेलमा इरानलाई पराजित गरेर म्यानमारले भारतवि?द्ध बराबरी अथवा जित दर्ता गरेको खण्डमा नेपाल र म्यानमार फाइनल पुग्नेछन् । भारतले म्यानमारलाई हराएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७