भ्रष्टलाई पैसा कहाँ लुकाउने छटपटीले निन्द्रा पनि पर्दैन : प्रधानमन्त्री


२९ माघ २०७५, मंगलवार

काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भन्ने कुरा भ्रष्टहरुको पनि शत्रु भएको बताएका छन् ।

k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ sf7df8f}Fdf clVtof/ b’?kof]u cg’;Gwfg cfof]usf] @*cf}+ :yfkgf lbj;nfO{ ;Daf]wg ug'{x’Fb} . t:jL/ M rGb|snf If]qL, /f;;

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टहरुलाई पैसा कहाँ लुकाउने भनेर छटपटी हुने बताए । उनले भने, ‘अख्तियारले थाहा पाउँला भन्ने छटपटी, राख्ने ठाउँ नभएर छटपटी हुन्छ, कहिल्यै सुविस्ता हुँदैन ।’

भ्रष्टचारी पापको भागिदार हुने र प्रतिफल पनि अर्काले खाने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई सवै मिलेर निर्मुल पार्नुपर्नेमा जोड दिए । जनताले स्थायित्वको लागि दुई तिहाईको बहुमत दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अब अहिले विकास नभए कहिले हुन्छ ?’
‘अव हाम्रो ध्यान सुशासन र विकासमा गएको छ’ उनले थपे, ‘सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक छ ।’

आगामी दिनमा समय तोकेर गरीबी अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘अब ५–१० बर्षपछि नेपाल कमजोर गरिब छ भन्नेकुरा स्वीकार हुँदैन, र्साजमा मझौला भए पनि मजवुद देशको परिचय हामीले दिनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७