अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा, तीन जनामाथि छानवीन हुँदै


२९ माघ २०७५, मंगलवार

काठमाडौं, २९ माघ । तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ?

arrest

अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु) पो गरेको छ कि ? त्यसो हो भने, सचेत हुनुहोस है ।
किनकी भदौदेखि लागू भएको फौजदारी अपराध संहितालाई टेकेर प्रहरीले राजधानीमा आत्महत्या गर्न दुरुत्साह गरेको आरोपमा तीन जनालाई कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

यसअघि आत्महत्याका घटनामा प्रहरीले शव पोस्टमार्टम गरी सम्बन्धित व्यक्तिका परिवारलाई बुझाउँदै आएको थियो । कमै मात्र घटनामा शंकास्पद रुपमा हेरेर अनुसन्धान गर्ने प्रहरीले अहिले भने आत्महत्या गर्ने व्यक्तिको परिवारबाट उजुरी आए विस्तृत छानबिन गर्न थालेको छ ।
आन्तरिक कलह र त्यसबाट उत्पन्न आवेश आत्महत्याको कारण भएको पछिल्लो प्रहरी अनुसन्धानहरुले देखाएका छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७