व्यावसायिक योजना बिना सञ्चारमाध्यम खोल्नु ठीक हैन : महानिर्देशक घिमिरे


२९ माघ २०७५, मंगलवार
tr

खोटाङ, २९ माघ । सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यावसायिक योजना बिना सञ्चारमाध्यम खोल्ने होड चलेको बताएका छन् ।

tr

दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालीम समापनमा महानिर्देशक घिमिरेले व्यावसायिक योजना बनाएर भन्दा पनि रहर, लहर र ‘आइडोलोजी ’का आधारमा सञ्चारमाध्यम खोल्ने तीव्रताले सञ्चालनको केही समयमै बन्द हुने अवस्थामा पुग्ने गरेको बताएका छन् । नेपाली पत्रकारितामा अस्वस्थ प्रतिष्पर्धा र ‘हुवहु’ को समस्या बढी देखिएको उनको भनाइ थियो ।

पत्रकार बीमा कार्यक्रममा न्यून पत्रकारको सहभागिता रहेकाले सबैलाई बीमा गर्न उनले आह्वान गरे । जिल्लामा क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रशारण विभागले यहाँ तीन दिने तालीम सञ्चालन गरेको हो ।

दुर्गममा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभागले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखासँगको सहकार्यमा तालीम सञ्चालन गरेको हो । तालीममा २० पत्रकार सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७