अब बाँझो जग्गा भूमिहीन परिवारलाई दिइने


२९ माघ २०७५, मंगलवार
0 Shares
jamin

बाजुरा, २९ माघ । गौमुल गाउँपालिकाको चौथो गाउँसभाले खाली जमीनमा गाउँपालिकाभित्रका भूमिहीन तथा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

jamin

बाँझो जमीनको व्यवस्थापन गर्न सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिकाभित्र पर्याप्त उपभोग गर्ने जमीन भएको र जमीन बाँझो राखेका जग्गाधनीलाई खेती गर्न प्रोत्साहित गर्ने तथा जग्गाधनीले नमाने बाँझो जमीनलाई स्थानीय सरकारको नाममा गर्नका लागि आवश्यक पहल गर्ने निर्णय गाउँसभाले पारित गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै चौथो गाउँसभाबाट प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धी २०७५, विपत् व्यवस्थापन कोष सञ्चालन कार्यवधि २०७५, गाउँपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि २०७५, गौमुल गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्य्विधि २०७५, जलस्रोत निमावली २०७५ तथा स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७५ सर्वसम्मतरुपमा पारित गरिएको सूचना अधिकारी खड्क बुढाले जानकारी दिए ।

गाउँसभामा भौतिक पूर्वाधारतर्फ रु १० करोड ३० लाख, आर्थिक विकासतर्फ रु दुई करोड, सामाजिक विकासतर्फ रु १५ करोड ५० लाख, वातावरण तथा विपत् व्यवस्थापनमा रु एक करोड ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु एक करोड ५० लाख, वित्तीय व्यवस्थापन तथा सुशासनतर्फ रु ५० लाख, कार्यालय व्यवस्थापन तथा प्रशासनिक खर्चतर्फ रु चार करोड ५० लाख बराबरको चालू आर्थिक वर्ष २०७५–७६ को माघ मसान्तसम्मको यथार्थ आयव्यय र आगामी आर्थिक वर्ष २०७६–७७ को प्रक्षेपण गरिएको अनुमानित बजेट तथा कार्यक्रम गाउँसभाले पारित गरेको छ । गौमुल गाउँपालिकाको कूल अनुमानित आय रु २४ करोड ८३ लाखमा २०७५ माघ मसान्तसम्मको यथार्थ खर्च रु छ करोड ९९ लाख रहेको बुढाले बताए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७