औषधि प्रयोग गर्दा यी कुरा ध्यान दिनुस्


२९ माघ २०७५, मंगलवार
medicine1 1

काठमाडौं, २९ माघ । सामान्य बिरामी हुँदा समेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ ।

medicine1 1

डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसका लागि यी सावधानी अपनाऔं :-
– सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौं । त्यो सही मात्रा र समयमा खाने गरौं ।

– कतिपय औषधि उस्तै उस्तै त हो नि भनेर खाने चलन छ त्यसो नगरौँ, जसले स्वास्थ्यमा नकारात्मक असर गराउँछ ।
– खोकी लाग्नु, टाउको दुख्नु आदि कैयौँ रोगका लक्षण हुने भएकाले रोग पत्ता लगाएर मात्र औषधि सेवन गर्ने गरौँ, अन्यथा स्वास्थ्यका लागि घातक हुन सक्छ ।
– पेनकिलरको अनावश्यक प्रयोग गर्नु हुँदैन । यसका कारण रक्तश्राव, अल्सर, पेट सुन्निने जस्ता समस्या हुन सक्छ ।
– निश्चित रोगका लागि लिएको औषधि घटी बढी भएमा नकारात्मक असर गर्न सक्छ । त्यसैले आवश्यक मात्रामा मात्र औषधि लिऔँ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७