कहिले सुल्झेला तीन प्रदेशको सीमा विवाद ?


२९ माघ २०७५, मंगलवार
Provience Map of country 09CLKdRTzj

बाँके, २९ माघ । प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमका सीमामा रहेका बर्दियाको सयौँ बिघा जमिनमा विवाद भएको छ ।

Provience Map of country 09CLKdRTzj

बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमिनको विवाद छ । बबई नदी वरिपरी बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्सामा भने सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ ।

सीमा निर्धारण आयोग नबन्दा प्रदेशस्थित जिल्लाका सीमा विवाद अल्झिएको छ । सीमा विवाद सम्बन्धमा प्रदेश नं ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको कमाटु दिगो विकास समितिका बिन्तीराम थारुले बताए । ‘कर्णाली र बबई नदीको सीमा क्षेत्रमा रहेका बर्दियाका भूमि विवादित छ’, उनले भने ।

जिल्लाबाट सीमा विवादका उजूरी सङ्घीय तथा प्रदेश सरकारमा पेश भए पनि आयोग गठन हुन नसक्दा विवाद समाधान भएको छैन । सीमा निर्धारणका लागि संवैधानिक आयोग गठन गर्ने कानूनी व्यस्था छ । भूगोलको विवाद हुँदा विवादित क्षेत्रमा परेका सर्वसाधारण समस्यामा परेको स्थानीयवासी बताउँछन् ।

यी क्षेत्रमा कुन जिल्लाका तर्फबाट विकास गर्ने भन्ने तय नहुँदा समस्या देखिएको हो । प्रदेश नं ५ को बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबीच सीमा विवाद छ । बर्दियाको सीमाअन्तर्गत कर्णालीको सुर्खेत जिल्ला र सुदूरपश्चिमको कैलाली जिल्लामा सीमा विवाद रहेको जिल्ला समन्वय समितिका प्रमुख शङ्कर थारुले बताए ।

भेरीगङ्गा र बागढी नगरपालिकाको सीमा व्यवस्थित गर्न पहल गरिए पनि सुनुवाइ भएको छैन । सीमा निर्धारण गरी सङ्घीय तथा प्रदेश सरकारमा पठाइए पनि सीमा विवाद समाधान भएको छैन । समन्वय समितिमार्फत सम्बन्धित प्रदेशका जिल्लासँग कुराकानी भइसकेको छ तर विवाद समाधान हुन नसकेको प्रमुख थारुले बताए ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विषय सङ्घमा राखिने जानकारी दिए । नहरमा अवरोध गहुँ र आलु खेतीका लागि नहरमा पानीको माग भएपछि बबई सिंचाइ आयोजनाबाट नहरमा पानी सञ्चालन हुँदा निर्माणका काममा अवरोध भएको छ ।

आयोजनाले हिउँदे बालीका लागि गत पुस पहिलो हप्तासम्ममा मात्र पानी सञ्चालन गर्ने भने तापनि कृषकको मागअनुसार पानी दिँदा नहरको तारजालीका काममा अवरोध भएको आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिए । काममा अवरोध भए पनि सिंचाइबाट खेतबारी हरियाली भएको र उत्पादन बढ्ने आशा पलाएको बारबर्दिया – ११ का कृषक दयाराम थारुले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७