प्रहरी सरुवा-बढुवामा कसैलाई रिझाउनु आवश्यकै छैन : प्रधानमन्त्री ओली


२९ माघ २०७५, मंगलवार
kp oli xZ2KLizgId 1

काठमाडौंं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको सरुवा बढुवालगायतमा कसैले पनि हाकिम र उच्च तहकालाई रिझाउन आवश्यकै नभएको बताएका छन् ।

kp oli xZ2KLizgId 1

मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रहरी निरीक्षकको १७ ८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले प्रहरी कर्मचारीको बढुवालगायतमा न्यायोचित प्रणाली स्थापना गर्न मातहतका निकायलाई निर्देशन दिई सकिएको जानकारी समेत गराए ।

उनले प्रहरीको काम शान्ति र अमनचयन कायम गर्ने रहेको बताउँदै भने, ‘हाकिम र माथिकाको दलाली नगर्नस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन । प्रोमोसन हुनका लागि कसैलाई रिझाउनु पर्दैन । कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ ।’

उनले न्यायोचित प्रणालीको विकासपछि सरुवा बढुवालगायतमा कसैले पनि भेदभाव भएको महसुस गर्न नपर्ने भन्दै गर्वका साथ कार्यक्षेत्रमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिए । ओलीले सरकार कुनै पनि पक्षपात, कोशेली वा चाकडीको पक्षमा नरहेको भन्दै यसलाई निर्मूल पार्न सरकार लागिपरेको पनि जानकारी दिए ।

प्रहरीलाई अरु देशको भन्दा कुनै पनि हिसावमा कमजोर बनाउन नदिइने भन्दै प्रधानमन्त्री ओलीले आवश्यक भौतिक, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा ८३ पुरुष र १२ महिला गरी कूल ९५ इन्सेक्टर पास आउट भएको जानकारी दिइएको छ । यस्तै तालिमका क्रममा प्रथम द्धितीय र तृतीय भएकाहरुलाई सम्मानित पनि गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७