पारस र सोमपाल टी–२० अलराउण्डरकाे उच्च वरीयता


२९ माघ २०७५, मंगलवार
Parash khadaga and Sompal kami

काठमाडौं, २८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सोमपाल कामीले टी–२० क्रिकेटको अलराउण्डरको बरियतामा उच्च सुधार भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद(आइसिसि)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको बरियताको अलराउण्डरको बरियतामा पारसले ४० औं स्थान र सोमपालले ५१ औँ स्थानमा आइपुगेका हुन् । उनीहरु दुबैको करिअरकै उच्च वरीयता हो ।

नयाँ वरियतामा पारस ७६ रेटिङ र सोमपालको ६० रेटिङ प्राप्त गरेका छन् ।

स्टार खेलाडि पछि
सार्वजनिक गरिएको १०० खेलाडिको बरियतामा पारसले स्टार खेलाडिलाई पछि पार्न सफल भएका छन् । टी–२० अलराउण्डरमा उनी भारतको रोहित शर्मा भन्दा दुई स्थान पछि र पाकिस्तानका इमाद वासिम भन्दा एक स्थान तल रहेको छन् । अलराउण्डरको सुचीमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहेका छन् ।

पारस ब्याटिङमा ९० औँ स्थानमा
आइसिसीको टी–२० को ब्याटिङको बरियतामा नेपालका कप्तान पारस खड्का मात्र परेको छन् । उनले बरियताको ९० औँ स्थानमा प्राप्त गरेका छन् । उनले ३ सय पाँच रेटिङ प्राप्त गरेका छन् । ब्याटिङमा पाकिस्तानका बाबर आजम शीर्ष स्थान, न्यूजिल्याण्डका कोलिन मुन्रो दोस्रो र अस्ट्रेलियाका आरोन फिन्च तेस्रो स्थानमा छन् ।

सोमपालको बलरको सुचीमा २२ औँ स्थान सुधार
टी–२० बलरको सुचीमा नेपाली बलर सोमपाल कामीले २२ औँ स्थान सुधार गरेका छन् । टी–२० बलरको वरियतामा उनी ७० औँ स्थानमा आइपुगेका छन् । यसअघि सोमपाल ९४औं स्थानमा थिए ।
यस्तै नेपालको बसन्त रेग्मी ७१औं स्थानमा छन् । सोमपाल र बसन्त दुबैले ४ सय ९ रेटिङ अंक प्राप्त गरेका छन् ।

नेपालकै सन्दीप लामिछाने ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा रहेका छन् । बलरको बरियतामा अफगानी लेगस्पिनर रसिद खान शीर्ष स्थानमा रहेको छन् । भने दोस्रोमा भारतका कुलदीप यादव, तेस्रोमा पाकिस्तानका सदाव खान रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७