पूर्वराजा राजनीतिमा सक्रिय बन्दै गइरहेका बेला राप्रपा (संयुक्त) का अध्यक्ष राणा भन्छन्, ‘अब राजतन्त्र फर्किन्छ’


२९ माघ २०७५, मंगलवार
0 Shares
pashupati mklnD9BOCd 1

काठमाडौंं, २९ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वी तराईको राजनीतिक भेटघाटमा सक्रिय भइरहेका बेला राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति समशेर राणाले अब देशमा राजतन्त्र फर्किने दावी गरेका छन् ।

pashupati mklnD9BOCd

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल दुबै असफल भइसकेको दावी गर्दै भने, अब हाम्रो पालो आयो, राजतन्त्र फर्किन्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पूर्व राजा ज्ञानेन्द्र शाह अहिले पूर्वी तराईको भ्रमणको शिलशिलामा सिमरा हुँदै झापा पुगेका छन् । उनले यो भ्रमणमा विभिन्न पूर्व राजावादी शक्तिहरुसँग भेटघाटका कार्यक्रम गर्दै आएका छन् । यस्तै पूर्व राजा ज्ञानेन्द्रले पूर्व राजावादी शक्ति राप्रपालाई एकीकृत गर्नका लागि यसअघि पनि पटक–पटक नेताहरुलाई भेटेर छलफल गर्दै आएका छन् ।

यहि परिप्रेक्ष्यमा आएको राप्रपा संयुक्तका अध्यक्ष पशुपतिन समशेर राणको यो अभिव्यक्तिले राजनीतिक आशंका जन्माएको छ । उनले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवैले जनचाहनालाई बुझ्न नसकेको आरोप लगाउँदै भने, ‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो । दुवै असफल भए । उनीहरुले अवसरको सदुपयोग गर्न सकेनन् ।’

jagdamba.cement
rbbbb

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् । उनले थपे, ‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो । यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना–पाना पल्टाई पल्टाई हेर्‍यौ भने मौका खेर फालेको देखिन्छ । सरकारले यो एक वर्षमा हासिल गरेका उपलब्धी शून्य छ ।’ सरकारले कुटनीतिक रुपमा कुनै पनि सीप तथा क्षमता देखाउन नसकेको पनि उनले आरोप लगाए ।

कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल भएको दाबी गरेका छन् । उनले भने, ‘अहिले युद्धस्तरमा विकास निर्माणका काम भइरहेको छ । बाटाहरु धमाधम चार लेनबाट ६ लेन, र ६ लेनबाट ८ लेनमा स्तरोन्नती भइरहेका छन् ।’

जनताको घरदैलोमा परिवर्तन नदेखिए विकास निर्माणका कामहरु धमाधम भैरहेको उनको भनाई थियो । उनले भने, ‘म यो बीचमा पूर्व–पश्चिम यात्रामा निक्किएको थिएँ । मैले धुलो उडिरहेको देखें । डोजर चलिरहेको देखें । अब त बल्ल विकास भयो भन्ने मलाई लागेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७