घर जग्गा नक्सा निर्माणमा कन्सल्टेन्सीको कीर्ते धन्दा, नगरपालिकाका कर्मचारीको हस्ताक्षर चोरेर फाइल ‘खडा’


२९ माघ २०७५, मंगलवार
49 Shares
bil

–अर्जुन कुलुङ राई
बेलबारी, २९ माघ । मोरङ्गको बेलबारीस्थित एक इन्जिनियरिङ्ग कन्सल्टेन्सीले अवैध रुपमा काम गरी सर्वसाधरणबाट घर नक्सा निर्माणको नाममा रकम असुल्ने गरेको रहस्य खुलेको छ ।

bil

बेलबारी नगरपालिकास्थित श्रीराज इन्जिनियरिङ कन्सल्टेन्सीले घर नक्सा निर्माणको नाममा नगरपालिकाका कर्मचारीले गर्नुपर्ने काम समेत आफैले गरेर सर्वसाधरणबाट रकम असुल्ने गरेको पाइएको छ । कन्सल्टेन्सीले तयार गरेको एक सर्वसाधरणको घर नक्सा फाइलमा बेलबारी नगरपालिकाका सब– इन्जिनियर विप्लव रावबंशी कीर्ते हस्ताक्षर भेटिएपछि श्रीराज इन्जिनियरिङ्ग कन्सल्टेन्सीको अवैध काम गरी सर्वसाधरणबाट रकम असुल्ने ‘काइदा’ बाहिर आएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
5 1

भवन नियमन तथा भूमि व्यवस्थापन शाखामा प्राविधिक सहयक पूर्णराज तिम्सिनाले लालबहादुर खड्का नामका व्यक्तिको घर नक्सा फाइल अध्ययनका क्रममा राजश्व बुझाइएको मिति भन्दा १५ दिन अगाडिको मितिसहितको कागजातमा नगरपालिकाका सब–इन्जिनियर रावबंशीको हस्ताक्षर भेटिएपछि कन्सल्टेन्सीको कामप्रति शंका उत्पन्न भएको हो ।

यसैबीच नगरपालिकाका सब–इन्जिनियर रावबंशीले घर नक्सा नियमन निर्माण प्रक्रियामा १५ दिने सूचनाका लागि आफूले हस्ताक्षर नगरेको बताएपछि कन्सल्टेन्सीको बदमासी बाहिर आएको हो । फाइल अध्ययनका क्रममा कन्सल्टेन्सीले सब–इन्जिनियर राजवंशीको कीर्ते हस्ताक्षर आफैले गरेर फाइल बनाएको खुलेको छ ।

jagdamba.cement
rbbbb
4 1

यता नगरपालिकाका सब–इन्जिनियर विप्लव राजवंशी नगरपालिकाका आधिकारिक कर्मचारीले मात्र गर्नुपर्ने हस्ताक्षर आफैले गरेर कन्सल्टेन्सीले अवैध काम गरेको बताउँदै भन्छन्, ‘मैले यो फाइलका हस्ताक्षर गरेको छैन र यो मैले गरेको हस्ताक्षर पनि होइन ।’

घर नक्सा नियमन निर्माण प्रक्रियामा घरको नक्सा बनाई सकेपछि घर नक्सा पास गर्न निवेदन पेस गरिन्छ । त्यसपछि राजश्व बुझाएर मात्र १५ दिने सूचनाको प्रक्रिया अगाडि बढाउने प्रावधान हुन्छ । १५ दिने सूचना प्रकाशित भएपछि स्थलगत सर्जमिनको काम हुने र अमिनको प्रतिवेदन अनुसार घर नक्साको प्रमाणपत्र वा अभिलेखीकरणको प्रमाण पत्र प्राप्त हुने प्रक्रिया रहेको सव–इन्जिनियर राजवंशी बताउँछन् ।

2 3

तर, श्रीराज इन्जिनियरिङ्ग कन्सल्टेन्सीले तयार गरेको फाइलमा राजश्व बुझाइएको मिति २०७५ मंसिर ३ गतेको छ भने १५ दिने सूचनाको मिति साउन २५ गतेको छ । नगरपालिकाका आधिकारिक कर्मचारीले गर्ने काम कुनै कन्सल्टेन्सीले गर्नु कानून विपरीत हुने र कीर्ते हस्ताक्षर गर्नु कानूनी रुपमा दण्डनीय भएको बताउँछन् ।

भवन नियमन तथा भूमि व्यवस्थापन शाखाबाट कीर्ते हस्ताक्षर रहेको र गलत मिति उल्लेख भएको घर नक्साको फाइल आएको जानकारी गराउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल भन्छन्, ‘हस्ताक्षर र कागजातमा उल्लेख मिति दुबै गलत देखिएकाले छानबिन र अनुसन्धानका लागि बेलबारी इलाका प्रहरी कार्यालयमा उर्जुरी गरेका छौं ।’

1 3

२०७५ मंसिर २६ गते दर्ता भएको देखिएको श्रीराज कन्सल्टेन्सीले संस्था दर्ताअघि नै यस्तो कार्य गरेको देखिएको छ । जुन कानूनी रुपमा अवैध हो । प्रमुख प्रशासकीय अधिकृत दाहाल भन्छन्, ‘कन्सल्टेन्सीका सबै काम शंकास्पद छन्, यसमा छानविन अगाडि बढिसकेको छ ।’

3 1

बेलबारी ईलाका प्रहरी कार्यालयले श्रीराज इन्जिनियरिङ्गका दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बडाएको छ । प्रहरीले बेलबारी–२ सिंहदेवी घर भएका सरोज उराउ र रिना उराउलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालयका प्रमुख रामकुमार राईले जानकारी दिएका छन् ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७