को को हुन् मेलम्ची डुबाउनेहरु ?


२९ माघ २०७५, मंगलवार
0 Shares
Gajendra Thakur

काठमाडौं, २९ माघ । खानेपानी सचिव गजेन्द्र ठाकुरका कारण सिंगो मेलम्ची आयोजनाको भविष्य अनिश्चित बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ठेकेदार भाग्न लागेको र आफूले रोकेको’ भनेर भ्रममा पार्न सफल भएका विवादास्पद सचिव ठाकुरले खानेपानी मन्त्री बिना मगरलाई पनि भ्रममा राख्ने मात्र होइन, बदनाम गरिरहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Gajendra Thakur
गजेन्द्र ठाकुर र घनश्याम भट्टराई

सचिव ठाकुरले ठेकेदार सीएमसीसित आफूलाई पाँच र मन्त्रीलाई पाँच करोड गरी १० करोड रुपैयाँ कमिसन दिने भएमात्र विवाद निरुपण बोर्ड (डीआरबी) ले निर्णय गरेको ३६ करोड रुपैयाँ भुक्तानी दिने बताएपछि मेलम्चीको यो हविगत भएको हो ।

ठेकेदारले आफूले कुनै हालतमा कमिसन दिन नसक्ने बताएपछि सचिव ठाकुरले भुक्तानी रोकेको स्रोत बताउँछ । आफ्ना कर्मचारी, सप्लायर्स कसैलाई पनि भुक्तानी गर्न नपाएका ठेकेदारले काम छाड्ने चेतावनी पहिले नै दिइसकेको थियो ।

jagdamba.cement
rbbbb

अहिले खानेपानी मन्त्री बिना मगर पुरानै ठेकेदारलाई काममा लगाउने पक्षमा छन् । तर सचिव ठाकुर र प्रधानमन्त्रीका पूर्वाधार सल्लाहकार घनश्याम भट्टराई कुनै हालतमा पनि सीएमसीलाई ल्याउन नहुने पक्षमा लबिङ गर्दै आएका छन् ।

मन्त्री मगरले नयाँ ठेक्का गर्दा पुरानो ठेकेदार अन्तर्राष्ट्रिय अदालतमा जाने, अर्बाैं रुपैयाँ जरिवाना, ब्याज तिर्नुपर्ने र नयाँ ठेक्कामा थप तीन, चार अर्ब रुपैयाँ लाग्ने, काम पूरा हुन थप तीन वर्ष लाग्ने बताएकी छन् । आफ्नो नाममा सचिवले कमिसन माग्दा पनि कारबाही नगरी उल्टै साथ दिंदै आएकी मगरले सचिव ठाकुरले गरेका बदमासी बल्ल थाहा पाइन् ।

उता प्रधानमन्त्रीका सल्लाहकार तथा मेलम्चीका पूर्व कार्यकारी निर्देशक भट्टराई सीएमसी आए आफूले पहिले बिना बिल भुक्तानी गरेको प्रकरण बल्झने र अख्तियारले बाँधेर लैजाने डरले सीएमसीलाई आउन नदिन लागेका छन् ।

भट्टराई मेलम्चीको हाकिम हुँदा भुक्तानी गरेको ५३ करोड रुपैयाँ अहिलेसम्म बेरुजु छ । उनले मेलम्चीको हेडवक्र्स निर्माणका क्रममा अनावश्यक रुपमा डाँडो ताछ्न लगाएपछि सीएमसीले १ अर्ब ५० करोड थप रकम भुक्तानी माग गरेको थियो । जुन भुक्तानी उनले रोक्नुपर्नेमा नरोकी ठेकेदारसँग मिलेर ठूलो रकम घुस खाएको आरोप लागेको थियो । मेलम्चीमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने भट्टराई झापा गौरादहका हुन् ।

प्रधानमन्त्री ओली यस्ता भ्रष्ट प्रशासकलाई धमाधम विज्ञ बन्दै सल्लाहकार राख्ने र तिनका सल्लाहमा हिंड्दा आउनै लागेको मेलम्ची अनिश्चित बन्न पुगेको हो, दृष्टिमा समाचार छ, ‘पुरानो ठेकेदार सीएमसी फर्काउन मुख्य बाधक भट्टराई देखिएका छन्,’ आयोजना स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई कहिले सचिव ठाकुरले कहिले भट्टराईले भ्रममा पार्दै आएका छन् ।’

त्यसैकारण माघमा आउनै लागेको मेलम्चीको पानी अब केही वर्षपछि मात्रै आउने छ । यसले काठमाडौँका जनता सरकारसँग रुष्ट बन्नेछन् । मेलम्चीको पानी घरघरमा पु¥याउन काठमाडौंका मुख्य सडकदेखि गल्ली गल्लीमा खाल्डो खनिएको छ ।

पानी परीक्षण नगरेसम्म खाल्डो पुर्न सम्भव हुँदैन । पाइप बिछ्याउन खनिएका खाल्डोका कारण पानी परेर हिलो, घाम लागे धुलोले जनताको स्वास्थ्यमा समेत प्रतिकूल असर पारेको छ । त्यसैले मेलम्चीको पानी समयमै ल्याउने जस लिने हो भने प्रधानमन्त्रीले नै पहल गर्नु जरुरी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७