जावलाखेल ग्रुप अफले बजारमा ल्यायो अन्तराष्ट्रिय स्तरको ‘माउन्टेन आईस प्रिमीयम स्ट्रङ्ग बियर’

काठमाडौं, माघ २९ । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज (जेजीआई) ले माउन्टेन आईस प्रिमीयम स्ट्रङ्ग बियर बजारमा ल्याएको छ ।
बियर पारखीहरुको स्ट्रङ्ग बियर प्रतिको चाहनालाई मध्यनजर गर्दै जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरिले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस उपभोक्ता माझ बजारमा ल्याएको छ ।
माउन्टेन आईसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट प्रिमीयम स्वादको उत्पादन बजारमा ल्याएको हो, अन्तराष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजन बाट उत्पादन गरिएको हुन्छ ।
६.५५ अल्कोहल भोलुम र ६५० एम. एल। को बोतलको रु २३० मुल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाईन सहित, स्ट्रङ्ग, स्मुथ र रिफ्रेसिङ्ग अनुभव प्रदान गर्ने भनि बजारमा ल्याईएको हो ।
‘अन्र्तराष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभबको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पुर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहित ल्याईएको हो’, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले बताए ।
‘स्ट्रङ्ग बियरको माग दिन प्रतिदिन बढ्दैे गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरुको पहिलो रोजाईका लागि नै ल्याएको हो’, जावलाखेल गु्रप अफ ईन्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक शसिन जोशीले बताए ।
राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिना देखि बिक्री बितरण सुरु हुने भए पनि नेपाल भरी भने केहि समयमै सुरु हुने छ ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पद्धार्थको उत्पादन तथा विक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो । डिस्टिलरी, बु्रअरी उत्पादन कक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका बिभिन्न श्रेणीका ब्रान्डहरु नेपाली बजार र अन्र्तराष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ ।