पूर्वएआइजी भण्डारीलाई सम्मान गर्ने निर्णयबाट पछि हटे एआइजी बस्नेत ?


१ फाल्गुन २०७५, बुधबार
Aig dhiru basnet निर्मला हत्या प्रकरण एआईजी बस्न्यातको टोली कञ्चनपुरमा २६ प्रहरीमाथि सुक्ष्म छानबिन

काठमाडौं, २९ माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूहको दीक्षान्त समारोहमा पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीलाई सम्मानित गर्ने निर्णयबाट पछि हटेको छ ।

मंगलबार आयोजित दीक्षान्त समारोहमा यसअघि बस्नेतलाई सम्मानित गर्ने निर्णय एकेडेमीका प्रमुख एआइजी धिरु बस्नेतले गरेका थिए । संगठन प्रमुख आइजीपी सर्वेन्द्र खनालसँग सल्लाह नगरी एआइजी बस्नेतले पूर्वएआइजी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट ‘लाइभटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्ने निर्णय गरेका थिए ।

संगठन विरोधी लेख लेख्ने, संगठनले चालेका कदमको विरुद्ध लाग्दैआएका भण्डारीलाई पुरस्कृत गर्ने निर्णयप्रति संगठनमा असन्तोष पैदा भएको समाचार नयाँपेज डटकमले २०७५ माघ २५ मा लेखेको थियो । नयाँपेजमा समाचार आएपछि आइजीपी खनालले चासो देखाई एआइजी भण्डारीको सातो लिएपछि भण्डारीलाई सम्मानित गर्ने निर्णय बदर गरिएको थियो । र, पूर्वआइजीपी ध्रुवबहादुर प्रधान र पूर्व एसएसपी चिन्ताबहादुर बस्नेतलाई लाइफ टाइम अवार्ड प्रदान गरिएको थियो ।

३३ किलो सुन र सनम शाक्य हत्या छानबिन प्रकरणमा पूर्वएआइजी भण्डारीले पूर्वडीआइजी रमेश खरेललाई अगाडि सारेर दिएको सार्वजनिक अभिब्यक्ति विवादमा परेको थियो ।
पूर्वएआइजी भण्डारीकै अग्रसरतामा रमेश खरेल र हेमन्त मल्ल ठकुरीसमेतले सुन छानबिनमा प्रहरी अधिकारीलाई पक्राउ गर्नु गलत हो भनी सरकारविरुद्ध पत्रकार सम्मेलन गरेका थिए ।
सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा पूर्वएआइजी भण्डारीले धेरै प्रहरी अधिकृतका विरुद्ध उजुरी हाल्दै छानबिन गर्न लगाएका थिए । आफ्नै अधिकृतलाई फसाउने भनेर उनी प्रहरी संगठनमा चिनिन्छन् ।

प्रहरी संगठनमा उनी क्षमतावान मानिए पनि उनले आफ्नै सहकर्मी र माथिल्ला अधिकृतविरुद्ध अख्तियारमा हुँदा देखाएको रबैयाले उनी आलोचित छन् । सरकारकै निवृत्तिभरण खाएर सरकार र संगठनको हितविरुद्ध भण्डारी बोल्दैआएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७