अपराधीबाट मात्रै २ अर्ब ६९ करोड रकम असुल

काठमाडौं, १ फागुन । सरकारले अपराधीबाट ६ महिनामै दुई अर्ब ६९ करोड असुल गरेको छ । सो बराबरको रकम राज्यको सर्वसञ्चित कोषमा जम्मा भएको छ ।

यो अवस्थाले फैसला कार्यान्वयनमा आशा जगाएको छ । यतिबेला सर्वोच्च अदालतले घोषणा गरे अनुरुप फैसला कार्यान्वयन वर्ष चलिरहेको छ । निर्देशनालयका अनुसार विगत आर्थिक मसान्तपछिको ६ महिना र यस वर्षको ६ महिनाको अवधिबीच दोब्बर अन्तर देखिएको छ ।
अपराधीबाट जरिवाना र कैद पनि गत वर्षको तुलनामा दोब्बर असुल भएको हो । वर्षैँदेखिका फैसला कार्यान्वयनमा प्रगति देखिएपछि निर्देशनालयका अधिकारीले खुशी समेत व्यक्त गरेका छन् । अन्नपूर्ण पोष्टबाट
‘