पृथ्वीमा मौरी, कमिला कम र झिंगा, साङ्ला बढ्नु विनाशको संकेत !


१ फाल्गुन २०७५, बुधबार
deciline2019 02 12

काठमाडौं, १ फागुन । किराफट्याङ्ग्राको संख्याबारे गरिएको एक वैज्ञानिक समीक्षापछि तिनका प्रजातिमा पृथ्वीभर ठूलो गिरावट आइरहेको पत्ता लागेको छ ।

deciline2019 02 12

अध्ययनका अनुसार विशेषगरी मौरी, कमिला र गोब्रे किरा स्तनधारी, जलथल प्राणी अनि चराहरु भन्दा ८ गुना तीव्र रुपले लोप भइरहेका छन् । तर यता झिँगा, साङ्ला लगायतका प्रजातीहरु भने अझ बढ्दै जाने अनुमान गरिएको छ ।

यसरी कृषि, किटनाशकको व्यापक प्रयोग र जलवायु परिवर्तनका कारण किराहरुको सङ्ख्यामा यस्तो गिरावट देखा परेको बताइएको छ । किराफट्याङ्ग्रा जमिनमा बस्ने पृथ्वीका सबैभन्दा धेरै सङ्ख्यामा रहेका प्राणी हुन् जसले मानव जाति सहित विभिन्न प्रजातिलाई फाइदा पुर्याउने गरेका छन् ।

चरा, चमेरा लगायत साना स्तनधारीहरुले आहारका रुपमा किरालाई नै उपभोग गर्ने गरेका छन् भने किराफट्याङ्ग्राले नै विश्वका करिब ७५ प्रतिशत बालीको सेचन गराउने गर्दछन् र साथै माटोलाई खेतीयोग्य राख्न पनि मद्दत गर्दछन् ।

यस्तोमा किराका प्रजाती विनाश हुँदै जानुले सबैभन्दा पहिले मानिसलाई अन्न उब्जाउनमा समस्या गराउँछ भने प्राकृतिक चक्र अर्थात ‘इकोसिस्टम’ मा पनि नकारात्मक असर पर्दछ । किराहरु नै विश्वमा धेरै किसिमका इकोसिस्टमको आधार रहँदै आएको छन् जसको सुरुवात ४ करोड वर्ष अगाडि भएको थियो ।

त्यसैले पनि यसले मानिस लगायत पृथ्वीका सम्पूर्ण प्राणीको जीवनमा विनाशकारी असर पार्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ । साथै ८० प्रतिशत जङ्गली विरुवाहरु पनि सेचनका लागि किरामै निर्भर हुन्छन् भने ६० प्रतिशत चराहरुको प्रमुख आहार किरा नै हो ।

यस्तोमा खाद्य श्रोतको कमी भए ठुल्ठुला चराहरुले किराको सट्टा अरु नै जीव चुन्नु पर्ने हुन्छ भने एकअर्कालाई नै प्रहार गर्ने खतरा पनि रहेको छ । यस्तोमा जैविक विविधता जोगाउन र प्राकृतिक सन्तुलन कायम राख्नका पनि किराले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यिनै कारणले गर्दा यो खोजलाई गम्भीरतापूर्वक हेरिएको वैज्ञानिकहरुले बताएका हुन् ।

तर यसअघिका अध्ययनहरुमा पनि पछिल्लो समय केही विशेष प्रजाति जस्तै मौरीले विकसित अर्थतन्त्रहरुमा भारी गिरावटको सामना गरिरहेको देखिएको छ । जर्नल बायोलोजिकल कन्जरभेसनमा प्रकाशित यस रिपोर्टले पछिल्ला १३ वर्षमा विश्वभर प्रकाशित ७३ अनुसन्धानहरुको गहिराइमा अध्ययन गरेको दाबी गरेको छ ।

जसबाट वैज्ञानिकहरुले केही दशकमै पृथ्वीका करिब सबै क्षेत्रबाट ४० प्रतिशत किरा लोप हुन सक्ने चिन्ताजनक निष्कर्ष निकालेका छन् । अहिले नै एक तिहाइ किराका प्रजातिलाई लोपोन्मुखमा वर्गीकृत गरिएको छ । यसबारे युनिभर्सिटी अफ सिड्नीबाट डाक्टर फ्रान्सिस्को सानचेज बायोले भनेका छन्, यसमा कृषिगत अभ्यास, शहरीकरण र वन जङ्गल फडानी मुख्य रुपमा जिम्मेवार छन् ।

यिनै कारण तिनीहरुले आफ्नो वासस्थान गुमाउनु परिरहेको छ । यसपछि किटनाशक र रसायनको विश्वव्यापी प्रयोग अनि प्रदुषणले पनि किराको वासस्थान नष्ट गरिरहेको उनी बताउँछन् । त्यस्तै जिवात्मक तत्वहरुका कारण पनि कतिपय प्रजाति लोप हुँदै गइरहेको बताइएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७