प्रदेशपिच्छे एसईईको फरक–फरक प्रश्नपत्र हुने

काठमाडौं, १ फागुन । यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ (संशोाधन)ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको हुनेछन् ।
एसइईईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन् । परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र गे्रडवृद्धिका लागि ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । ‘सात वटै प्रदेशका लागि छुट्टाछ्ट्टै प्रश्नपत्रको सेट तयारी हुन्छ ।
उत्तरपुस्तिका प्रदेश आफैंले छापिसकेको छन्,’ पौडेलले भने, ‘पाठ्यक्रममै आधारित प्रश्नपत्रको स्तर एउटै हुन्छ तर सेट भने फरक फरक हुन्छ । फागुन १ देखि प्रश्नपत्र छपाइ कार्य कडा सुरक्षामा सुरु हुन्छ ।’ नागरिक दैनिकबाट