नेकपाको राजनीतिक प्रतिवेदन गायब : अध्यक्षद्वय ओली र प्रचण्डबीच नै मनमुटाव


१ फाल्गुन २०७५, बुधबार
Oli Dahal

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन ।

Oli Dahal

गत मंसिर २९ गतेबाट शुरु भएको स्थायी समितिको बैठक पुस ९ गते सकिएको थियो । बैठकले अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्न सुझाव दिएको थियो । सुझावलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्वीकार गरेका थिए ।

स्थायी समिति बैठकले गरेको निर्णयअनुसार राजनीतिक प्रतिवेदन सचिवालयमा पेस गर्नुपर्ने भएपछि अध्यक्षद्वयले प्रतिवेदनलाई अझै पूर्णता दिन सकेका छैनन् ।

शीर्ष नेतृत्वमा देखिएको विवादका कारण पार्टीको सांगठनिक एकता प्रक्रिया लम्बिदैँ आएको छ भने राजनीतिक प्रतिवेदनले समेत पूर्णता पाउन सकेको छैन । स्थायी समितिको बैठकमा नेताहरुले अध्यक्षद्वयले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनको चर्को आलोचना भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७