आइएमई लाइफइन्स्योरेन्स र कैलाशविकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं, १ फागुन : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

अस्योरेन्स सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकातर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाशविकास बैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका छन्
यो सँगै बैंकका ग्राहकहरुले कैलाश विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने आइएमई ग्रुपका प्रमुख–जनसम्पर्क व्यवस्थापन राजु पौडेलले बताए ।
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७भन्दा बढी शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ ।
कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजना सार्वजनिक गरेको छ ।