गोली हानेर समातियो बलात्कारका अभियुक्तलाई
कैलाली, १ फागुन । हत्कडीसहित अदालत परिसरबाट भागेका एक बलात्कार अभियुक्तलाई प्रहरीले गोली हानेर समातेको छ ।

अदालतबाटै फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बलात्कारको अभियोगमा सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिका २३ वर्षीय दिल्प दमाई मंगलबार दिउँसो कैलाली जिल्ला अदालत परिसरबाट हतकडी सहित फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि सोमबार धनगढी ल्याइएको थियो । उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । दमाईलार्ई उपचारका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।