विप्लवले पनि सम्झिए जनयुद्ध दिवस, लेखे, ‘क्रान्ति अवश्यमभावी छ’


१ फाल्गुन २०७५, बुधबार
biplaw1

काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि आफूलाई नेपाली राजनीतिमा स्थापित गराएको १० वर्षे जनयुद्धलाई सम्झिएका छन् ।

biplaw1

२४ औं जनयुद्ध दिवसमा शुभकामना सन्देश व्यक्त गर्दै उनले ‘नेपालमा क्रान्ति अवश्यम्भावी रहेको बताएका छन् । उनले २४ औं जनयुद्ध दिवसको अवसरमा विप्लवले जनता, शहीद परिवार, वेपत्ता परिवार, घाइतेहरुको स्मरण गर्दै जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने जनाएका छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै लेखेका छन् , ‘तसर्थ महान शहीद, वेपत्ता, योद्धा परिवार, जनमुक्ति सेना,जनता, सच्चा लोकतन्त्रवादी, गणतनत्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्गलाई कहिल्यै नटुटनेगरी हातेमालो गर्दै बैज्ञानिक समाजवाद र साम्यावदतर्फ अघि बढौ भन्ने अपिल गर्न जनययुद्ध दिवसका अवसरमा गर्दर्छौ’ विप्लवले जारी गरेको शुभकामना विज्ञप्तिमा उल्लेख छ । उनले नेपाली क्रान्तिकारीहरुको भविष्य उज्ज्वल रहेको भन्दै क्रान्ति निश्चित भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७