शहर पस्यो जनयुद्ध दिवस, जनयुद्धको ‘इपीसेन्टर’ रोल्पा सुनसान


१ फाल्गुन २०७५, बुधबार
0 Shares
MAWO ROLPA

काठमाडौं, १ फागुन । नेपालको १० वर्षे जनयुद्धको इतिहासमा रोल्पा जिल्लाको आफ्नै इतिहास छ । आजैकै दिन रोल्पामा होलेरी प्रहरी चौकी आक्रमण गर्दै ‘जनयुद्ध’ घोषणा गरिएको थियो ।

MAWO ROLPA

१० वर्षे जनयुद्धको ‘इपीसेन्टर’ रोल्पामा अहिले २४ औं जनयुद्ध दिवसको कुनै रौनक छैन । अर्थात कुनै दिन जनयुद्धको जग शुरु भएको रोल्पा जनयुद्ध दिवसका दिन पनि सुनसान छ । सर्वसर्वसाधरण नागरिक विगतका ती कहालीलाग्दा दिनहरु भुलेर आ–आफ्ना काममा व्यस्त छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बरु जनयुद्ध दिवस (फागुन १) को अवसरमा काठमाडौंमा भव्य रुपमा जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विगतमा जनयुद्धको नेतृत्व गरेका नेताहरुले जनयुद्ध दिवसलाई शहरबाटै सम्झिएका छन् । धुमिल बन्दै गएको हिजोका ती दिनहरुलाई नेताहरुले औपचारिकताका रुपमा शहरबाट मात्रै सम्झिंदै गरेको बताउँदै रोल्पाका एक सर्वसाधरणले भने, ‘नेताहरुसँग जनयुद्ध दिवस पनि शहर पस्यो ।’

27848363 2136936213219305 840364409 n

दक्षिणी रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरी तत्कालीन नेकपा माओवादीले दीर्घकालीन जनयुद्ध घोषणा गरेको थियो । त्यहीं होलेरीमा पनि जनयुद्धको सम्झना दिलाउने कुनै गतिविधि नरहेको स्थानीयले जानकारी दिएका छन् ।

jagdamba.cement
rbbbb

युद्ध अवधिभर फागुन १ गते रोल्पाका कुनाकाप्चा, बाटोघाटो र रुखका टुप्पामा राता व्यानर, टुल, हँसिया हथौडासहितका झण्डा फरफराइरहेका हुन्थे । माओवादी शान्ति प्रक्रियामा आएको दशकसम्म पनि यहाँ जनयुद्ध दिवस भव्य मनाउँथे । तर, पछिल्ला केही वर्ष दिवस फिक्का बन्दै अहिले मनाउनै छाडिएको स्थानीय बताउँछन् । विगतको जनयुद्धमा संलग्न पत्रकार मानसिं विक भन्छन्, ‘पहिला राता झण्डाहरुले रङ्गिने रोल्पा, अहिले सुनसान छ, कसैले कार्यक्रम राखेको थाहा भएन ।’

pww

तत्कालीन नेकपा माओवादी केन्द्र विभाजनको श्रृंखलासँगै दिवस मनाउने प्रचलनमा ह्रास आएको जानकार बताउँछन् । पूर्व माओवादी केन्द्र र पूर्व एमालेको एकतापश्चात् माओवादी नै नरहेपछि दिवस मनाउने मान्छे नै नरहेको रोल्पाबासी बताउँछन् । ‘जनयुद्ध दिवस मनाउने माओवादी पार्टीले हो । माओवादी पार्टी नै विलय भइसकेपछि दिवस कसले मनाउने ?’ एक शिक्षकले भने ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भने थबाङमा दिवस विशेष रुपमा मनाउने तयारी गरेको जनाएको छ । सदरमुकाम लिबाङमा पनि दिवसको अवसर पारेर अन्तरक्रिया आयोजना गर्ने नेकपाका नेता टीकाराम नेपालीले बताए । नेकपाले जनजागरण अभियान गाउँगाउँमा चलाउँदै आएकाले जनताकै बीचमा दिवस मनाउने बताएको छ ।

पार्टी एकता भएपनि जिल्ला कमिटी बनिनसकेकाले दिवस आयोजना बारे अन्यौलता रहेको सत्ताधारी नेकपाले जनाएको छ । नेता हरिप्रसाद घर्तीमगरका अनुसार दिउँसो पूर्व माओवादी केन्द्रका सदरमुकाम लिबाङमा रहेको कार्यालयमा दिवस मनाउने तयारी छ ।’ पूरानो झण्डा फेर्ने र दिवस मनाउने तयारीमा छौं’, नेता घर्तीमगरले भने । सत्ताधारी नेकपाको रोल्पा नगर कमिटीले दिवस मनाउने चाजोपाँजो मिलाइरहेको छ ।

imager

विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले थबाङ गाउँको पश्चिम प्रवेशद्वारमा रहेको कम्युनिष्ट नेताका अर्धकद्का मुहारमा नयाँ रङ्गरोगन गरेको छ । थबाङमा बढी चहलपहल देखिए पनि जिल्लाका अन्य ठाउँमा सुनसान नै रहेको स्थानीय बताउँछन् । कतैकतै कार्यक्रम औपचारिकतामै सीमित देखिएका छन् ।

युद्धताका सबैभन्दा बढी यहाँ मानवीय क्षति भएको थियो । ९६९ जनाको ज्यान गएको थियो भने ३३ वेपत्ता छन् । सयौं घाइते, अपांग, टुहरा भएका छन् । अहिले यहाँका सर्वसाधरणले हिजो युद्धका बेला जनताका घरमा आश्रय लिएका शीर्ष नेताहरुले जनयुद्धको उद्गम थलोलाई बिर्सदै गएको गुनासो गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७