स्वास्थ्यका ११ औं तहका कर्मचारीको समायोजन, को-को परे समायोजनमा ? (नामावलीसहित)

काठमाडौं, १ फागुन । सरकारले विभिन्न क्षेत्रका कर्मचारीहरुको समायोजन प्रक्रियालाई तीब्रता दिएको छ ।

संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको सरकारले ११ औं तहका ६६२ सहसचिवको समायोजन गरेको छ । समायोजन भएका कर्मचारीमध्ये स्वास्थ्य सेवा अन्तर्गतका १५० कर्मचारी समायोजनमा परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा सहसचिवलाई समायोजन गरिएको जानकारी दिएका छन् । ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको अधिकारीले जानकारी दिएका छन् ।
यी हुन् समायोजन भएका स्वास्थ्यका कर्मचारी

