शुक्लाफाँटा र महाकाली रमाउँदै उपराष्ट्रपति (फोटो फिचर)


१ फाल्गुन २०७५, बुधबार
Nanda Kishor Pun 8

कञ्चनपुर, १ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बाह्रसिंगे जनावरको विश्वमै ठूलो बथान देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एशियाकै दोस्रो लामो महाकाली झोलुङ्गे पुलको भ्रमण गरेका छन् । उनले बुधबार विश्वकै ठूलो घाँसेमैदान समेत मानिने शुक्लाफाँटा र महाकाली नदि माथि बनेको झोलुङ्गे पुलको भ्रमण गरेका हुन् ।

Nanda Kishor Pun 8
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा भ्यूटावरबाट जनावरहरुको तस्वीर खिच्दै उपराष्ट्रपति
Nanda Kishor Pun 7
Nanda Kishor Pun 2
एशियाकै दोस्रो लामो मानिने महाकाली नदि माथि बनेको झोलुङ्गे पुलको भ्रमणको क्रममा उपराष्ट्रपति

बिहीबारदेखि पर्यटकीय क्षेत्र बेदकोट ताल परिसरमा सुरु हुने बेदकोट धार्मिक पर्यटन मेला–२०७५को उद्घाटन समारोहमा सहभागी हुन कञ्चनपुर पुग्ने क्रममा उपराष्ट्रपति पुनले विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेका हुन् । बेदकोट नगरपालिकाले बेदकोट भ्रमण वर्ष २०७५ अन्तर्गत बेदकोट धार्मिक पर्यटन मेला आयोजना गरेको छ ।

Nanda Kishor Pun 3
एशियाकै दोस्रो लामो मानिने महाकाली नदि माथि बनेको झोलुङ्गे पुलको भ्रमणको क्रममा उपराष्ट्रपति
Nanda Kishor Pun 1


सुदूरपश्चिमकै पर्यटनको केन्द्र बनिरहेको झोलुङ्गे पुल भ्रमणको क्रममा उपराष्ट्रपतिलाई भीमदत्त नगरपालिकाले अभिनन्दन गरेको छ । उपराष्ट्रपति पुनले झालेङ्गे पुल वारपार गर्नुभएको थियो । झोलुङ्गे पुलले भीमदत्त र महाकाली नगरपालिकालाई जोड्ने गर्दछ ।

झोलुङ्गे पुलको अवलोकनपछि आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सुदूरपश्चिमको भ्रमण गर्न पाउँदा गौरव लागेको बताए । उनले शुक्लाफाँटा, महाकाली माथिको झोलुङ्गे पुल, खप्तड, घोडाघोडी यसै प्रदेशमा रहेको उल्लेख गर्नुहुँदै यी सबै सुदूरपश्चिमको समृद्धिको आधार भएको बताए ।

Nanda Kishor Pun 6
Nanda Kishor Pun 9
स्वागत तथा अभिनन्दन कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गर्दै राना थारु महिलाहरु ।

अघिल्ला समयहरुमा सुदूरपश्चिम पिछडिएको बताउँदै उनले अब सुदूरपश्चिमले समृद्ध बनेर अरु प्रदेशहरुलाई सन्देश दिनुपर्ने बताए । उहाँले सुदूरपश्चिमको समृद्धिका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने बताए ।

Nanda Kishor Pun 4
Nanda Kishor Pun 5


उनको भ्रमणको क्रममा सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल, प्रदेशसभा सभामुख अर्जुनबहादुर थापा, प्रतिनिधिसभा सदस्य दिपक भट्ट लगायत सहभागी रहेको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

तस्बिरहरु : मनोज घर्तीमगर
प्रेस संयोजक, उपराष्ट्रपति

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७