माधव नेपाल आपत्ती ‘जनयुद्ध दिवस’प्रति होइन ओली–प्रचण्डको निर्णय प्रक्रियामा


१ फाल्गुन २०७५, बुधबार

काठमाडौं, १ फागुन : बुधबार (१ फागुन २०७५) मा देशैभरी २४ औं जनयुद्ध मनाइरहदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नेता माधवकुमार नेपालले जनयुद्ध दिवस मान्य नभएको खबर दिनभरी महत्वका साथ प्रकाशन भयो । नेता नेपालले जनकपुरमा सञ्चारकर्मीहरुसँग बोल्दै जनयुद्ध मान्य नभएको बताएको समाचार आएको हो ।

Madav Kumar Nepal cCaeMfk85v

तर, नेता नेपालले जनयुद्ध दिवस मनाउने बारेमा पार्टीमा कुनै छलफल नभएकोमा आपत्ती प्रकट गरेका थिए । कार्यक्रमको बारेमा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले औपचारिक निर्णय नगरेको भन्दै अपत्ती जनाएका हुन् ।

जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा नेता नेपालले भनेका थिए, ‘कुनै पनि कार्यक्रम तय गर्दा कमिटीको बैठकबाट निर्णय गर्नुपर्छ । यो मलाई थाहा छैन ।’

स्रोतका अनुसार जनयुद्ध दिवस मनाउने बिषयमा वरिष्ठ नेता नेपाललाई थाहै नदिएपछि उनी आक्रोशित भएका हुन् । निजी निर्णय गर्ने शैलीमा आफ्नो गम्भीर आपत्ति रहेका उनको भनाई छ । नेता नेपालले भने, ‘यो व्यक्तिले म सर्वेसर्वा हुँ ठान्ने, चाहे एक अध्यक्ष होस्, चाहे दुई अध्यक्ष होस् । यो तरिका गलत हो ।’

नेता नेपालले अध्यक्षले पार्टी प्रणाली अपनाउनुपर्ने बताए । भने, ‘पहिलो कुरो कुनै पनि यस्तो पार्टीले कार्यक्रम तय गर्दा कमिटीको बैठकबाट निर्णय गर्नुपर्छ । यो विषयमा मलाई थाहा छैन । निजी निर्णयप्रति मेरो आपत्ति छ । एक अध्यक्ष वा दुई अध्यक्ष जो भए पनि यो तरिका गलत हो । पार्टी प्रणाली सिक्नुपर्‍यो । अध्यक्षले नजानेको भए हामीसँग अनुभव छ लिनुपर्‍यो ।’

आन्दोलनका सहीदहरूको सम्मान गर्ने कुरामा फरक मत नभएको तर कार्यक्रम गर्ने निर्णय विधि अनुसार हुनुपर्नेमा उनको जोड छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा शिर्ष नेताहरु मध्य अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र उपस्थित थिए भने नेता नेपाल र नेता झलनाथ खनाल उपस्थित थिएनन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७