जिप्रका भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ


२ फाल्गुन २०७५, बिहीबार
ghus

काठमाडौं, २ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका एक जना प्रशासकीय अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।

ghus

अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रकाशकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठलाई सेवाग्राहीबाट २५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता एबम् सूचना अधिकारी मदन कोइरालाका अनुसार श्रेष्ठलाई घुससहित समातेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७