साथीको फोटो सामाजिक सञ्जालमा राखेर युवाहरुसँग अश्लिल कुरा गर्ने युवती पक्राउ


२ फाल्गुन २०७५, बिहीबार
facebook JWrMjvVvIz

डोटी, २ फागुन । सरकारले सामाजिक सञ्जाल प्रयोगमा कडाइ बढाइरहेका बेला सामाजिक सञ्जालबाट युवासँग अश्लिल कुराकानी गर्ने एक युवतीलाई पक्राउ परेको छ ।

facebook JWrMjvVvIz

विद्यालयकी आफ्नै साथीको तस्विर सामाजिक सञ्जालमा प्रयोग गरी युवाहरुसँग अश्लिल कुराकानी गरेको आरोपमा साइबर क्राइमको टोलीले डोटीकी एक युवतीलाई पक्राउ गरेको हो ।
उनले साथीको तस्विर प्रयोग गरेर आफू यौन व्यवसाय गर्ने भन्दै धेरै युवाहरुसँग कुरा गर्दै आएको पाइएको जनाइएको छ ।

तस्विर प्रयोग भएकी युवतीले साथीको यो कामबारे जानकारी पाएपछि अपराध महाशाखा काठमाडौंमा मुद्दा हालेकी थिइन् । पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिएका छन् ।

घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाण्डौ हनुमान ढोका पठाउने तयारी भइरहेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक धामीले बताएका छन् । प्रहरीले दुबै युवतीको नाम गोप्य राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७